Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

अब साउन १ गतेदेखि दुई प्रकारको लाइसेन्स दिइने

हाम्रो कोशी आवाज
असार ६ २०७८, आइतबार
अब साउन १ गतेदेखि दुई प्रकारको लाइसेन्स दिइने

धरान: यातायात व्यवस्था विभागले अब दुई प्रकारको सवारी चालक अनुमतिपत्र वितरण गर्ने भएको छ ।
साउन १ गतेदेखि ट्रायल उत्तीर्ण गरेका चालकलाई परीक्षणकाल (प्रोभिजनल) र परीक्षणकाल उत्तीर्ण भएका चालकलाई स्मार्ट सवारी चालक अनुमतिपत्र वितरण गर्न लागिएको विभागका महानिर्देशक नमराज घिमिरेले जानकारी दिए ।

उनले भने, ‘पीभीसी कार्डमा स्मार्ट लाइसेन्सको जस्तो चिप हुँदैन । पीभीसी कार्डमा  ‘बार कोड’ हुन्छ । बारकोडमा सवारी चालकको सम्पूर्ण विवरण समावेश गरिएको हुन्छ ।’

त्यसैगरी सवारी चालक अनुमतिपत्र नवीकरणका लागि निवेदन दिएका व्यक्तिलाई नयाँ स्मार्ट अनुमतिपत्र प्राप्त नहुञ्जेलसम्मका लागि नयाँ कार्ड वितरण गर्न लागिएको उनले बताए । ट्रायल उत्तीर्ण गरेका र नवीकरणका लागि निवेदन दिएका व्यक्तिलाई ‘क्यूआर’ (क्विक रेसपोन्स) कोडसहितको एउटै किसिमको पीभीसी कार्ड वितरण गरिने उनले जानकारी दिए ।

परीक्षणकालको एक वर्षको अवधिमा चालकले ५ पटक ट्राफिक नियम उल्लंघन गरेमा लाइसेन्स खारेज हुने घिमिरेले बताए। स्मार्ट कार्ड प्वाल पार्न मिल्दैन। तर प्रोभिजनल लाइसेन्स प्वाल पार्न मिल्छ। ट्राफिक तथा विभागले लाइसेन्समा परेको प्वालको आधारमा चालकले कति पटक नियम उल्लंघन गरेको भन्ने विवरण थाहा पाउँछन्। एक वर्षको परीक्षणकाल अवधिमा ५ पटकभन्दा कम नियम उल्लंघन गर्नेलाई भने स्मार्ट लाइसेन्स दिइनेछ।

नयाँ लाइसेन्स प्राप्त गर्नेलाई ट्राफिक नियम उल्लंघन गर्दा लाइसेन्स खारेज हुन्छ भन्ने ज्ञान दिन एक वर्षका लागि परीक्षणकालीन लाइसेन्स दिन लागिएको उनको दावी छ। विभागले २०७८ जेठबाटै परीक्षणकालीन लाइसेन्स दिने तयारी गरेको थियो। तर निषेधाज्ञाका कारण योजना अनुसार अघि बढ्न नसकेको उनले बताए। निषेधाज्ञा खुकुलो भएमा साउन १ गतेबाट पीभीसी कार्डबाट निर्मित लाइसेन्स वितरण शुरु गर्ने विभागको योजना छ।

प्रकाशित मिति: असार ६ २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend