धरानः राष्ट्रिय प्रजातन्त्र पार्टी छोडेर कांग्रेसमा प्रवेश गरेका सुनिलबहादुर थापासहित ५५ जनालाई महासमिति सदस्यमा मनोनयन गरिएको छ।
पार्टी केन्द्रिय समितिको बैठकले सहमहामन्त्री थापा सहित ५५ जनालाई महासमितिमा मनोनयन गरेको हो। मनोनित मध्ये सात जनालाई केन्द्रीय सदस्य बनाइएको थियो। नेपाली काँग्रेस पार्टीमा तत्कालीन राष्ट्रीय प्रजातन्त्र पार्टी संयुक्त (सुनिलबहादुर थापा समूह) बाट समायोजन गर्नका लागि भएको सहमति बमोजिम नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकको निर्णयअनुसार उनीहरुलाई काँग्रेसको महासमिति सदस्य पदमा समायोजन गरिएको काँग्रेसले जनाएको छ ।
महासमितिमा मनोनित हुनेमा सबैभन्दा बढी मोरङ जिल्लाबाट छन्। मनोनित महासमिति सदस्य हुनेहरुमा धनकुटा, सिन्धुपाल्चोक, भोजपुर, बारा, काठमाडौं, ललिपुर, झापा, कैलाली, कपिलवस्तु, कालिकोट, संखुवासभा, भक्तपुर, रामेछाप, सर्लाही, बाजुरा, महोत्तरी, अर्घाखाँची, दाङ र ताप्लेजुङ जिल्लाका छन्।
