Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानका ७८ घर सुकुम्बासी तथा विपन्नलाई राहत वितरण

हाम्रो कोशी आवाज
असार ८ २०७८, मंगलबार
धरानका ७८ घर सुकुम्बासी तथा विपन्नलाई राहत वितरण

धरानः नेपाल बसोबास बस्ती संरक्षण समाजले विभिन्न दाताहरुको सहयोगमा धरानका विभिन्न स्थानमा सुकुम्बासी तथा विपन्न परिवारलाई मङ्गलबार राहतस्वरुप खाद्यान्न सामग्री वितरण गरेको छ ।
समाजको पहलमा धरान–१७ स्थित साउने वस्तीका ४६ घर, १६ नम्बर वडा सूर्य टोलका १९ घर र १३ नम्बर वडा अमर वस्तीका १३ घर गरी जम्मा ७८ घर परिवारलाई समाजका केन्द्रीय अध्यक्ष कुमार कार्की, धरान नगर अध्यक्ष आइत लिम्बू, उपाध्यक्ष विनोद मगरलगायतले चामल, दाल, नुन, तेल वितरण गरे ।
लामो समयदेखिको लकडाउनका कारण काम बन्द भएर ‘माम’ बन्द भएका सुकुम्बासी तथा विपन्न परिवारलाई तत्काल राहतस्वरुप खाद्यान्न वितरण गरिएको समाजका केन्द्रीय अध्यक्ष कार्कीले बताए ।
कोभिड महामारीले समस्यामा परेका विपन्न परिवारलाई थोरै भए पनि राहत होस् भन्ने उद्देश्यले समाजको तर्फबाट विभिन्न ठाउँमा खाद्यान्न सामग्री वितरण गरिएको नगर अध्यक्ष लिम्बूले बताए ।
गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य समाजले उठाएका मुद्दाहरुमध्ये महामारीको समयमा थोरै भए पनि खाद्यान्न वितरण गरिएको समाजका नगर सचिव सुसास राईले बताए ।
धरान–१७ स्थित साउने निवासी नैनबहादुर दर्जीले समाजको तर्फबाट राहतस्वरुप खाद्य सामग्री आउँदा खुशी ब्यक्त गरे । ‘हामी घरमा श्रीमान–श्रीमती मात्रै छौं, बुढाबुढी भइयो काम गर्न सकिँदैन यति भए पनि १०–१५ दिन खाइन्छ’, दर्जीले भने । साउने वस्तीकै अमृतमाया राईले लकडाउनमा काम बन्द भएका कारण दैनिक गुजारा गर्न समस्या भइरहेका बेलामा समाजले दिएको खाद्य सामग्रीले तत्कालका लागि गर्जो टरेको बताइन् । तस्वीरः तिर्थ कार्की

प्रकाशित मिति: असार ८ २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend