धरानः नेकपा (एमाले)का नेता माधवकुमार नेपालले आफूलाई प्रधानमन्त्रीको ‘अफर’ आइसकेको बताएका छन् ।
शनिबार विपक्षी गठबन्धनद्वारा नयाँ बानेश्वरमा आयोजित अन्तरक्रिया कार्यक्रममा उनले भने, ‘प्रधानमन्त्रीको अफर आइसकेको छ तर प्रधानमन्त्री ठूलो कुरा होइन, विपक्षी गठबन्धनलाई धोका दिन्नँ ।’
आफूले ओलीबाट पटक–पटक धोका पाएको पनि उनले बताए । आफूहरुको लडाइँ केपी शर्मा ओलीविरुद्ध नभइ उनको प्रवृत्तिविरुद्ध भएको उनको भनाइ छ । ओलीमा सत्ता, शक्तिको मात चढेको जिकिर उनले गरे । ओलीका क्रियाकलापले लोकतन्त्र नै धरापमा परेको उनले उल्लेख गरे ।
आफूलाई प्रधानमन्त्री बन्ने कुरा ठूलो नभएको उनको भनाई थियो । ‘गठबन्धनको तर्फबाट जुन प्रक्रिया अघि बढिसकेको छ, त्यसमा धोका दिने पक्षमा म छैन, उनले भने, अदालतबाट हस्ताक्षर फिर्ता लिने कुरा पनि सम्भव छैन ।’