धरानः सत्तारूढ दल नेकपा एमालेको स्थायी कमिटी बैठकले २० मन्त्रीलाई बर्खास्त हुने गरी सर्वोच्च अदालतले गरेको फैसला गम्भीर र त्रुटीपूर्ण रहेको निष्कर्ष निकालेको छ ।
आइतवार बिहान प्रधानमन्त्रीको निजी निवास बालुवाटारमा बसेको बैठकले यस्तो निष्कर्ष निकालेको हो ।
बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रवक्ता प्रदीप ज्ञवालीले भने ( ुसर्वोच्च अदालतले गरेको फैसला गम्भीर र त्रुटीपूर्ण हो । त्यसलाई सच्याउन हामी भ्याकेटमा पनि गइसकेका छौं । कानून भन्दा बाहिर गरिएको फैसला अन्तिमसम्म टिक्ने छैन ।ु
गत असार ८ गते सर्वोच्च अदालतले जेठ २१ र २७ गते गरिएको मन्त्रिपरिषद बिस्तार संविधानसम्मत नभएको अन्तरिम आदेश जारी गरेको थियो ।
बैठकले दशौँ राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठक असार १६ गते बोलाउने निर्णय गरेको छ ।
प्रवक्ता ज्ञवालीले बैठकमा पछिल्लो राजनीतिक स्थिति, कोरोना अवस्था प्राकृतिक विपत्ति राष्ट्रिय राजनीतिका विभिन्न आयामका बारेमा संक्षिप्त र गहन छलफल भएको बताए ।
बैठकले पार्टी सदस्यता नवीकरणको काममा तीव्रता दिनेसमेत निर्णय गरेको छ ।
एमाले पार्टी एकताबद्ध बनाउने सन्दर्भमा सोधिएको प्रश्नमा ज्ञवालीले भने ( ुएमालेको एकतालाई अक्षुण राखेर मात्र संविधानको रक्षा गर्न सकिन्छ, एमाले कमजोर हुँदा यी सबै पक्षहरू अप्ठेरोमा पर्छन् । यही प्रयोजनका लागि ओलीका तर्फबाट जेठ २३ गते आह्वान पनि भएको छ । त्यसैमा आधारित रहेर छलफल चलिरहेको छ ।
ज्ञवालीले एमालेको असन्तुष्ट समूहमा रहेका कतिपय नेताको व्यवहारले एकता नचाहेको जस्तो देखिएको आरोप लगाए ।
कतिपय नेताको व्यवहार एमाले एकता बनाउने छैन,ु उनले भने, ुकेही सीमित नेताहरूको चाहना होला, जनताको चाहनासँग असन्तुष्ट समूहमा रहेका नेताहरूको चाहना मेल खाइरहेको छैन ।