Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

शेयर लगानीकर्ता बैंकमा झुम्मिए, फेरि बढ्यो अर्को जोखिमको चिन्ता

हाम्रो कोशी आवाज
असार १३ २०७८, आइतबार
शेयर लगानीकर्ता बैंकमा झुम्मिए, फेरि बढ्यो अर्को जोखिमको चिन्ता

धरानः असार महिनाको पहिलो दिनदेखि नै सुरु भएको उतारचढाव शेयर बजारमा कायमै छ । अघिल्लो हप्तादेखि नै गुम्दै आएको मनोबल लगानीकर्ताहरूमा फिर्ता भइसकेको देखिँदैन ।
फलस्वरूप आइतबार साताको पहिलो कारोबारमा पनि कारोबार रकम सात अर्बमा सीमित रह्यो । नेप्से परिसूचक बढे पनि कारोबार रकममा लगातार आएको गिरावटले लगानीकर्ताहरूको मनोबल खस्केको स्पष्टरुपमा संकेत गरेको छ ।
प्राय बजार घट्दा या बढ्दा कुनै एउटा निश्चित क्षेत्रको शेयरमूल्यमा उतारचढाव हुने गरेको देखिन्छ । तर, आइतबारको बजार हेर्ने हो भने नेपालको शेयर बजारले आफै स्थापित गरेको ट्रेन समेत भत्किएको छ ।
आइतबार शेयरमूल्यमा सर्वाधिक वृद्धि हुने कम्पनीहरूमा अधिकांश हाइड्रोपावर र वाणिज्य बैंक रहेका छन् । तर, इन्स्योरेन्स कम्पनीहरू यसबिचमा उत्तिकै उपस्थिति देखाउन सफल देखिन्छन् । यसले के देखाउँछ भने लगानीकर्ताहरू कुनै एउटा मात्रै क्षेत्रमा केन्द्रित भइरहेका छैनन् ।
तर, आइतबारको बजार हेर्दा अब वाणिज्य बैंक तिर लगानीकर्ताहरू झुम्मिने स्पष्ट संकेत भने देखिएको छ । यसले के चिन्ता बढाएको छ भने कतै क्षेत्रगतरुपमा आउने छालमा आँखा चिम्लेर लगानीकर्ताहरू हाम्फाल्ने त होइनन् रु अब आम लगानीकर्ताहरूले कुनै निश्चित क्षेत्र होइन की आफूले लगानी गर्न चाहेको निश्चित कम्पनीलाई नै हेरेर निर्णय गर्नुपर्ने बेला आइसकेको छ ।
अझै पनि लगानीकर्ताहरूले विगतमा झैँ कहिले हाइड्रो त कहिले इन्स्योरेन्स, कहिले बैंक त कहिले माइक्रो फाइनान्स भन्दै कुद्ने बानीमा आमूल परिवर्तन गर्नुपर्ने स्पष्ट संकेत बजारले गरिसकेको छ ।
यस्तो रह्यो आइतबारको बजार
नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० साताको पहिलो कारोबारको दिन आज आइतबार दोहोरो अंकले बढेको छ । आज नेप्से २७।१७ अंकले बढेर दुई हजार ८ सय ७० दशमलब १७ विन्दुमा पुगेको छ ।
त्यस्तै, आज नेप्सेमा ७ अर्ब १६ करोड ७४ लाख बराबरको कारोबार भएको छ भने कारोबार भएका समूहमध्ये पाँच समूह घटेका छन् भने अन्य सबै समूह बढेका छन् ।
नेप्सेका अनुसार आज दुई कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । शेयरमूल्य बढ्ने कम्पनीमा सेञ्चुरी कमर्शियल बैंक र अप्पर तामाकोशी हाइड्रोपावर कम्पनी रहेका छन् । जसको शेयरमूल्य करिब १० प्रतिशतले बढेको छ ।
आज गुँरास फाइनान्स कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यस कम्पनीको शेयरमूल्य करिब ५ प्रतिशतले घटेको छ । कारोबारको आधारमा आज सबैभन्दा बढी नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडको कारोबार भएको छ । यस कम्पनीको आज ४० करोड भन्दा बढीको शेयर कारोबार भएको छ ।

प्रकाशित मिति: असार १३ २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend