Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सेयर बजारमा ४७ अंककाे गिरावट, सबै समूह घट्दा लघुवित्त भने बढ्यो

हाम्रो कोशी आवाज
असार १५ २०७८, मंगलबार
सेयर बजारमा ४७ अंककाे गिरावट, सबै समूह घट्दा लघुवित्त भने बढ्यो

धरानः नेपाल स्टक एक्सचेञ्ज नेप्से तेस्रो दिन आज मंगलबार उच्च अंकको गिरावट आएको छ । आज नेप्से ४७।५० अंकले घटेर दुई हजार ८ सय २८ विन्दुमा थामिएको छ ।
नेप्सेका अनुसार आज नेप्सेमा ६ अर्ब ७२ करोड ६३ लाख बराबरको कारोबार भएको छ भने कारोबार भएका समूहमध्ये माइक्रोफाइनान्स बाहेक अन्य सबै समूह घटेका छन् ।
त्यस्तै, आज एक कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । शेयरमूल्य बढ्ने कम्पनीमा ओरियण्टल होटल रहेको छ । जसको शेयरमूल्य करिब ६ प्रतिशतले बढेको छ ।
त्यसैगरि, आज तीन कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । सर्वाधिक शेयरमूल्य घट्ने कम्पनीहरुमा प्रोग्रेसिभ फाइनान्स, हाइड्रोइलेक्टोसिटी एउड डेभलपमेन्ट कम्पनी र बेष्ट फाइनान्स कम्पनी रहेका छन् । यी कम्पनीको शेयरमूल्य करिब ९ प्रतिशतले घटेको छ ।
कारोबारको आधारमा आज सबैभन्दा बढी राद्यी विद्युत कम्पनी कारोबार भएको छ । यस कम्पनीको आज ४९ करोड भन्दा बढीको शेयर कारोबार भएको छ ।

प्रकाशित मिति: असार १५ २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend