Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

थप चारवटा लाइफ र दुई ननलाइफ बीमा कम्पनी खुल्ने तयारीमा

हाम्रो कोशी आवाज
असार १६ २०७८, बुधबार
थप चारवटा लाइफ र दुई ननलाइफ बीमा कम्पनी खुल्ने तयारीमा

धरानः चार जीवन बीमा कम्पनी र दुई निर्जीवन बीमा कम्पनीले बीमा व्यावसाय सञ्चालन गर्नका लागि बीमा समितिमा निवेदन दिएका छन् । जसमा युनि लाइफ इन्स्योरेन्स, मुक्तीनाथ लाइफ इन्स्योरेन्स, स्ट्याण्डर्ड लाइफ इन्स्योरेन्स र शुभ लाइफ इन्स्योरेन्सले बीमा समितिमा निवेदन दर्ता गरेका छन् ।
युनी लाइफले यसभन्दा पहिला बीमा व्यवसाय सञ्चालन अनुमति पाइसेका १० वटा जीवन बीमा कम्पनीकै सूचीमा रहेको थियो । विनोद चौधरी समुहले प्रवर्द्धन गरेको स्ट्याण्डर्ड लाइफ स्थापनाका लागि आन्तरिक रुपमा सरकारसँग लविङ गरिरहेको छ ।
दुई वटा निर्जीवन बीमा कम्पनीहरु अन्नपूर्ण इन्स्योरेन्स र अभियान इन्स्योरेन्स कम्पनीले लाइसेन्सका लागि समितिमा दर्ता गराएका छन् । अभियान इन्स्योरेन्स कम्पनीको प्रवर्द्धन बीमा समितिका निवर्तमान निमित्त कार्यकारी निर्देशक श्रीमान कार्कीको समुहले गरिरहेको छ ।
हाल बजारमा १९ वटा जीवन बीमा कम्पनी र २० वटा निर्जीवन बीमा कम्पनीले बीमा व्यवसाय सञ्चालन गरिरहेका छन् । बीमा बजार सानो भएपनि कम्पनीहरु भने धेरै हुँदा अस्वस्थ प्रतिस्पर्दा भइरहेको बीमा व्यावसायी बताउँछन् । अहिले बीमा कम्पनीहरु र बीमा अभिकर्ताहरुले आफ्नो व्यापार बढाउनलाई बीमा गर्ने व्याक्तिहरुको आय स्रोतको मूल्यांकन नगरी बीमा गराउदा बीमाकै कारण सामाजिक अपराध बढीरहेको बीमा समितिमा आएका उजुरी हेर्दा थाहा हुन्छ ।
बीमा व्यवसायको दायरा वृद्धि गर्नका लागि बीमा समितिले नै लघु बीमाको बारेमा अध्ययन कमिटि बनाएको बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल बताउँछन् । उनले भने, ‘नेपालमा ठूलो संख्यामा गरिबीको रेखामुनी रहेको जनसंख्या भएकाले उनीहरुलाई पनि बीमाको दायरामा ल्याउनका लागि समितिले लघु बीमा के गर्न सकिन्छ भनेर आन्तरिक रुपमा चार जनाको अध्ययन कमिटि बनाएका हौं ।’
यो अध्ययनको रिपोटपछि लघु बीमाको क्षेत्रमा पनि के कस्तो चुनौति रहेका छन् भन्ने प्रतिवेदन तयार हुने र लघु बीमाका बारेमा समितिले थप नयाँ कदम चाल्ने उनले बताए ।

प्रकाशित मिति: असार १६ २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend