Hamro Koshi Aawaj

आइतबार, कार्तिक २२ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

देउवालाई प्रधानमन्त्री बनाउन गरिएको हस्ताक्षर दुई दिनभित्र फिर्ता लिन ओलीको निर्देशन

हाम्रो कोशी आवाज
असार १८ २०७८, शुक्रबार
देउवालाई प्रधानमन्त्री बनाउन गरिएको हस्ताक्षर दुई दिनभित्र फिर्ता लिन ओलीको निर्देशन

धरानः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने पार्टीका सासंदहरूलाई हस्ताक्षर दुई दिनभित्र फिर्ता लिन निर्देशन दिएका छन्।
ओलीको अध्यक्षतामा शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको केन्द्रीय कमिटी बैठकले देउवाका पक्षमा हस्ताक्षर गर्नेहरूलाई आउँदो सोमबार पाँच बजेसम्म हस्ताक्षर फिर्ता लिन निर्देशन दिएको पार्टीका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए।
कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री बनाउन एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका २६ सांसदले हस्ताक्षर गरेका थिए। राष्ट्रपति कार्यालयमा २६ जनाको हस्ताक्षर लगिएको भए पनि सर्वोच्च अदालतमा भने २३ जनाले हस्ताक्षर गरेका छन्।
आजको बैठकमा केन्द्रीय कमिटीको बैठकमा वामदेव गौतम उपस्थित भए पनि वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाल पक्ष उपस्थित भएनन्।

प्रकाशित मिति: असार १८ २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend