Hamro Koshi Aawaj

आइतबार, कार्तिक २२ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

बजारमा चहलपहल बढ्न थालेसँगै तरकारीको मूल्य चार गुणाले बढ्यो

हाम्रो कोशी आवाज
असार २० २०७८, आइतबार
बजारमा चहलपहल बढ्न थालेसँगै तरकारीको मूल्य चार गुणाले बढ्यो

धरानः पछिल्लो समय तिन÷चार गुणाले तरकारीको मूल्य बढ्न थालेको छ । अफसिजनका कारण तरकारीको आपूर्तिमा उतारचढाव हुँदा तरकारीको भाउ बढेको कालीमाटी फलफूल तथा तरकारी विकास समितिका सुचना अधिकारी विनय श्रेष्ठले बताए ।
उनले भने, “निषेधाज्ञा खुकुलो भएसँगै हाल बजारमा चहलपलह बढ्न थालेको छ । अहिले बजार बेलुकीसम्म खोल्न पाइने हुनाले तरकारीको खपत बढ्न थालेको हो । अझै केही समय तरकारीको मूल्य उकालो लाग्ने छ ।” बजारमा तरकारीको उत्पादन र आपूर्तिका आधारमा मूल्य निर्धारण गरिन्छ । खासगरी अहिले तरकारीको उत्पादन कम भएकोले नै मुल्य बढेको हो ।
अहिले बर्षादको समय भएकोले तरकारीको उत्पादन कम भएको छ । तरकारी उत्पादन भइरहेको जमिनमा धान रोप्ने काम भइरहेकोले पनि हरियो तरकारी उत्पादन घटेको श्रेष्ठले बताए । यति बेला ठूलो परिमाणमा तरकारी उत्पादन हुँदैन । उत्पादन कम भएपनि बजारको माग धानिरहेको उनले जानकारी दिए । हाल दैनिक ५ सय देखी ६ सय टनसम्म स्वदेशी उत्पादन हुने गरेको छ भने भारतबाट पनि आलु प्याज कागती लगायतका तरकारी आयात भैरहेको उनले बताए ।
यस्तै एक महिनामा बन्दागोभीको मुल्य पाँच गुणाले बढेको छ । जसमा जेठ २० गते औसत मुल्य प्रतिकिलो १७ रुपैयाँले बिक्रि भएको थियो । बन्दागोभीको मुल्य आज आइतबार  ७५ रुपैयाँमा बिक्रि भइरहेको छ । जसको मुल्य प्रतिकिलो ५८ रुपैयाँले बढेको छ । जेठ २० गते ५५ रुपैँया प्रति किलो रहेको धनियाँ मुल्य बढेर एक सय ३५ रुपैयाँ पुगेको छ । उक्त मूल्य दुई गुणा भन्दा २५ रुपैयाँले बढी हो ।
हरियो खुर्सानी अकबरे को एक महिनामा प्रतिकिलो १६५ रुपैयाँले बढेको छ । गत महिनामा प्रतिकिलो हरियो खुर्सानी  अकबरे ११० रुपैयाँले कालिमाटी फलफुल तथा तरकारी बजारमा बिक्रि भएको आज भने सोही खुसार्नीको मुल्य प्रतिकिलो २७५ रुपैयाँमा बिक्रि भइरहेको छ । हरियो खुर्सानी बुलेट प्रतिकिलो ५५ रुपैयाँ र भेडे खुर्सानी पनि प्रतिकिलो ५५ रुपैयाँ रहेको अहिले बढेर ११५ र १०५ रुपैयाँ पुगेको छ । यसको मुल्य ठिक गुणा भएको छ ।
त्यस्तै, घिउ सिमीमा पनि दुई गुणाले बढी मुल्य बढेको छ । राजमा घिउ सिमी प्रति किलो ५५ रहेको सिमीको मूल्य एक सय ५ पुगेको छ भने, हाइब्रिड सिमी र लोकल सिमीको मुल्य भने २० रुपैयाँले बढेको छ । गत जेठ २० गते प्रतिकिलो ५५ रुपैयाँले बिक्री गर्दै आएको सिमी आज प्रतिकिलो ७५ मा बिक्री भइरहेको छ ।
साथै, घिरौलामा पनि मूल्य वृद्धि भएको छ । प्रतिकिलो ४५ रुपैँयाबाट ७५ रुपैँया प्रति किलो पुगेको छ । भने, चमसुको सागमा ४० रुपैँयाले वृद्धि भएर हाल प्रतिकिलो ८५ रहेको छ । जुन एक महिना अघि ४५ रुपैँया थियो । ४७ रुपैँयाबाट भारतीय गोलभेडा ६५ रुपैँया प्रति किलो पुगेको छ । त्यस्तै, २७ रुपैँया प्रतिकिलो तोरीको साग मूल्य हाल ५५ रुपैँया पुगेको छ । भने पालुगों साग ४५ बाट ८५ रुपैयाँ र रायोको साग २७ बाट ६५ रुपैयाँ पुगेको छ ।
वर्षा याममा तरकारीको उत्पादन कम हुने कारण मूल्य वृद्धिलाई मौसमी मान्नु पर्ने प्रवक्ता श्रेष्ठ बताउँछन् । यस समय भारतबाट पनि तरकारी आयातमा कमी नै आउने कारण मूल्य वृद्धिमा थप प्रभाव पर्ने उनले प्रष्ट पारेका छन् ।

प्रकाशित मिति: असार २० २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend