Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

कसले जित्ला गोल्डेन बुट ?

हाम्रो कोशी आवाज
असार २२ २०७८, मंगलबार
कसले जित्ला गोल्डेन बुट ?

धरानः जारी युरो कप फुटबलको सर्वाधिक गोलकर्ताको सूचीमा इंगल्याण्डका रहिम स्टरलिङ र कप्तान ह्यारी केनले पनि दाबेदारी प्रस्तुत गरेका छन्।
दुjले ३–३ गोल गर्दा जारी युरोकपको अन्तिम १६ बाटै घर फर्किएको पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो अझै पनि धेरै गोल गर्नेको सूचीको पहिलो स्थानमा छन् ।
उनले ५ गोल गरेर थप एक गोल गर्न असिस्ट गरेका छन्। यस्तै क्वार्टरफाइनलमा डेनमार्कसँग पराजित भएको चेक गणतन्त्रका प्याट्रिक स्चीकले पनि ५ गोल गरेका छन् ।
पोर्चुगल बेल्जियमसँग अन्तिम १६ मै पराजित भएको थियो। अब रोनाल्डो र प्याट्रिकले गोल थप्न नसक्ने हुनाले केन र स्टरलिङको सम्भावना बढी छ । यसका लागी अब उनीहरुले कम्तीमा ३ गोल गर्नैपर्छ। स्टरलिङले भने २ गोल गरेर थप एक गोल गर्न सघाएको खण्डमा गोल्डन बुटको हकदार बन्नेछन् ।
इंग्ल्याण्डले फाइनल प्रवेशका लागि डेनमार्कको सामना गर्नेछ। सर्वाधिक गोलकर्ताको सूचीमा डेनमार्कका क्यास्पर डोलबर्ग पनि अगाडि नै छन्। उनको पनि ३ गोल भएकाले सम्भावना खुलै छ ।
बेल्जियमा रोमेलु लुकाकु, स्वीडेनका इमिल फोर्सबर्ग र फ्रान्सका कारिम बेन्जिमाले ४–४ गोल गरेका छन्। बेल्जियम, स्वीडेन र फ्रान्स पनि बाहिरिसक्दा उनीहरुको पनि गोल्डन बुटको सम्भावना सकिएको छ। युरो कपको सेमिफाइनलमा इटाली र स्पेन तथा इंग्ल्याण्ड र डेनमार्क भिड्नेछन्।
ब्राजिलमा जारी कोपा अमेरिका फुटबलमा गोल्डेन बुटको दाबेदारको शीर्ष स्थानमा अर्जेन्टिनी स्टार लियोनल मेस्सी रहेका छन्। उनले जारी संस्करणमा सर्वाधिक गोलकर्ताको सूचीमा आफूलाई उभ्याइरहेका छन् ।
अर्जेन्टिनी कप्तान मेसीले ५ खेलमा ४ गोल गरिसकेका छन्। उनले ४ गोलका लागि असिस्ट समेत गरेका छन्। अर्जेन्टिनालाई सेमिफाइनलसम्म पुर्याउन मेस्सीले प्रभावकारी प्रदर्शन गर्दै आइरहेका छन् ।
मेस्सीले जारी कोपाको पाँच खेलमा ४ पटक म्यान अफ दि म्याचसमेत हात पारेका छन्। गोल्डेन बुटको होडमा ब्राजिलका नेयमार पनि रहेका छन्। उनले ४ खेलमा २ गोल गरिसकेका छन्। उनले दुई असिस्ट गरेका छन्। यस्तै पेरुका जियानलुका लापाडुलाले पनि ५ खेलमा २ गोल गरेका छन्।
अर्जेन्टिनाकै पापु गोमेज, लाउटरो मार्टिनेज र पेरुका आन्द्रे कारिलोले पनि २/२ गोल गरेका छन्। कोपाको सेमिफाइनल समीकरण पूरा भइसकेको छ। यस संस्करणमा अर्जेन्टिना, साविक विजेता ब्राजिल, कोलम्बिया र पेरुले सेमिफाइनलमा स्थान बनाएका छन्।
अब सेमिफाइनलमा अर्जेन्टिनाले कोलम्बियासँग खेल्नेछ। ब्राजिलले सेमिफाइनलमा पेरुसँग प्रतिस्पर्धा गर्नेछ ।

 

प्रकाशित मिति: असार २२ २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend