Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

‘अब यति बुझ्नुहोस्, संसद पुनस्थापना हुन्छ र देउवा प्रधानमन्त्री’

हाम्रो कोशी आवाज
असार २२ २०७८, मंगलबार
‘अब यति बुझ्नुहोस्, संसद पुनस्थापना हुन्छ र देउवा प्रधानमन्त्री’

धरानः नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा पुनःस्थापना हुने विश्वास व्यक्त गरेका छन् ।
उनले संविधानको मर्म र भावनाअनुसार संसद् पुनःस्थापना हुुने बताएका हुन् । उनले संसद पुनस्थापनाको विकल्प नरहेको बताएका छन् ।
पार्टीका नेता महादेव यादवलाई अन्तिम श्रद्धाञ्जली दिन मंगलबार बिहान जनकपुर आएका प्रचण्डले सञ्चारकर्मीसँग कुरा गर्दै संसद पुनस्थापना हुनेमा विश्वस्त रहेको बताए ।
अगामी असार २८ गते आउने सर्वोच्च अदालतको परमादेशले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त हुनेसमेत विश्वास व्यक्त गरे । ‘अब यति बुझ्नुहोस् संसद् पुनस्थापना हुन्छ र शेरबहादुर प्रधानमन्त्री हुनुहुनेछ ।’ उनले थपे ।
प्रचण्डले संसद पुनस्थपाना हुने सम्भावना देखेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतलाई दबाव दिन खोजेको समेत आरोप लगाए । प्रधानमन्त्री ओली निरंकुशतातर्फ अग्रसर हुँदै गएको बताउँदै प्रचण्डले ओली जनताको नजरमा एक निरंकुश र लोकतन्त्र विरोधी तत्वको रुपमा उजागर भइसकेको तर्क गरे । उनले अब ओलीबाट केहि पनि हुन नसक्ने जिकिर गरे ।

प्रकाशित मिति: असार २२ २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend