Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

युनियन लाईफ इन्स्योरेन्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

हाम्रो कोशी आवाज
असार २८ २०७८, सोमबार
युनियन लाईफ इन्स्योरेन्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

धरानः असार २४ गते बिहीवारदेखि सार्वजनिक निष्कासनमा आएको युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आईपीओ खरिद गर्ने सोमवार अन्तिम दिन रहेको छ । पहिलो दिनमै मागभन्दा बढी आवेदन परेको कम्पनीको आईपीओ छिटो अवधि असार २८ गतेसम्म मात्र विक्री गर्न लागिएको हो ।
कम्पनीले रू। ६४ करोड ५० लाख बराबरको ६४ लाख ५० हजार कित्ता आईपीओमध्य ५ प्रतिशत कर्मचारी र ५ प्रतिशत सामूहिक लगानीकोषका लागि सुरक्षित गरी बाँकी ५८ लाख ५ हजार कित्ता सार्वजनिक निष्कासनमा ल्याएको हो ।
हाल कम्पनीको संस्थापक तर्फ चुक्ताभएको ७० प्रतिशत शेयरपूँजी रू। १ अर्ब ५० करोड ५० लाख रहेको छ । जीवन बीमा कम्पनीहरुले कायम गर्नुपर्ने रू। २ अर्ब चुक्तापूँजी कायम गर्न आईपीओ विक्री गर्न लागेको हो । आईपीओ पश्चात कम्पनीको चुक्तापूँजी रू। २ अर्ब १५ करोड पुग्नेछ ।
कम्पनीको आईपीओलाई इक्रा नेपालले समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने संकेत गर्ने ‘इक्राएनपि आइआर ट्रिपल बि’ रेटिङ्ग प्रदान गरेको छ । यो आईपीओ विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।
साथै मेरो शेयर मार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ । यो आईपीओ खरिदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम ३२ हजार २५० कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।

प्रकाशित मिति: असार २८ २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend