धरानः सरकारले हाल निर्धारण गरेको न्यूनतम पारिश्रमिक, पारिश्रमिक वृद्धि नभई न्यूनतम पारिश्रमिकको दरको वृद्धि मात्र भएको उद्योगी व्यापारीका संगठनले बताएका छन । मंलगलबार नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कर्मशले संयुक्त रुपमा विज्ञप्ति जारी गरेर जनाएका ह्ुन ।
यसरी न्यूनतम पारिश्रमिकमा भएको वृद्धि सबै तहका श्रमिक कामदारको पारिश्रमिकमा वृद्धि नभएको समेत उद्योगी व्यापारीका छाता संगठनहरुले स्पष्ट पारेका छन । न्यूनतम पारिश्रमिकभन्दा माथिको पारिश्रमिक प्रतिष्ठानले आफ्नो आर्थिक अवस्था अनुसार तय गर्ने हु“दा न्यूनतम पारिश्रमिकमा भएको बृद्धि रकम सबैले नपाउन संघले बताएका छन ।
नेपाल सरकारबाट चिया बगान बाहेकका प्रतिष्ठानमा काम गर्ने श्रमिकहरूको लागि हाल कायम रहेको न्यूनतम पारिश्रमिक १३ हजार ४५० रुपैयाँमा पुनरावलोकन गरी २०७८ श्रावण १ गते देखि लागू हुने गरी न्यूनतम तलव ९ हजार ३८५ रुपैयाँ र महंगी भत्ता ५ हजार ६१५ रुपैया“ समेत गरी १५ हजार रुपैया“ न्यूनतम पारिश्रमिक निर्धारण गरिएको सबैमा विदितै छ ।
कोरोना महामारीबाट उत्पन्न विषम र असहज परिस्थितिका कारण सम्पूर्ण उद्योग व्यवसायले ठूलो नोक्सानी व्यहोर्नु परेको अहिलेको अवस्थामा उद्योग र रोजगारी दुबैको बचाउ गर्नु पहिलो आवश्यकता भएको समेत स्पष्ट पारेका छन ।
संकटग्रस्त र थलिएका उद्योग व्यवसायको पुनरूत्थान र पूर्ववत वस्थामा फर्काउन सम्पूर्ण श्रमिकहरूले समझदारीका साथ थप प्रयास गर्नुको विकल्प नभएको बताएका छन ।