Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

लोडसेडिङ अन्त्य गरेको जस पाएका कुलमान घिसिङ फेरि आइहाल्ने चर्चा

हाम्रो कोशी आवाज
साउन १९ २०७८, मंगलबार
लोडसेडिङ अन्त्य गरेको जस पाएका कुलमान घिसिङ फेरि आइहाल्ने चर्चा

धरानः कुलमान घिसिङलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्न प्रधानमन्त्री देउवाको निर्देशन दिएका छन् ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितमान शाक्यलाई हटाएर कुलमान घिसिङलाई नियुक्त गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले निर्देशन दिएका हुन् ।
मङ्गलबार उर्जा मन्त्री पम्फा भुसाललाई देउवाले विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गर्न निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालय स्रोतले जनाएको छ ।
लोडसेडिङ अन्त्य गरेको जस पाएका घिसिङको कार्यकाल सकिएपछि फेरि उनलाई नै कार्यकारी निर्देशकमा पुनर्नियुक्त गर्न दबाब थियो । तर, केपी शर्मा ओली सरकारले शाक्यलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो ।
ऊर्जामन्त्रीलाई बालुवाटारमै बोलाएर देउवाले यस्तो निर्देशन दिएका हुन् । कुलमान घिसिङ गत वर्ष भदौमा आफ्नो चार वर्षे कार्यकाल पूरा गरी नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट बाहिरिएका थिए । उनी बाहिरिएपछि तेस्रो वरीयताका उपकार्यकारी निर्देशक लेखनाथ कोइरालालाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको थियो ।
ऊर्जामन्त्री भुसाल कुलमान घिसिङलाई नै ल्याउन चाहन्थिन् । यस्तोमा प्रधानमन्त्री देउवाको निर्देशन आएको हो । उनले केही दिनअघि पत्रकारसँगको परिचयात्मक कार्यक्रममा आफू माओवादीबाट छैटौँ ऊर्जामन्त्री भएको र पहिलाका मन्त्रीहरुले गरेको कामलाई निरन्तरता दिने बताएकी थिइन् ।
अघिल्लो कार्यकालमा कुलमानले लोडसेडिङ हटाएका थिए भने लामो समय घाटामा रहेको प्राधिकरणलाई नाफामा ल्याएका थिए । उनको चार वर्षे कार्यकाल सकिएपछि तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले उनको पुनर्नियुक्त गरेको थिएन । कुलमानलाई विद्युत प्राधिकरणमा कार्यकारी निर्देशक बनाउन माग गर्दै त्यतिबेला सडक प्रदर्शनसमेत भएका थिए ।

प्रकाशित मिति: साउन १९ २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend