Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

ओली पक्षले आपत्ति जनाएको माधव पक्षको केन्द्रीय कमिटी बैठक बस्दै

हाम्रो कोशी आवाज
साउन २१ २०७८, बिहिबार
ओली पक्षले आपत्ति जनाएको माधव पक्षको केन्द्रीय कमिटी बैठक बस्दै

धरानः नेकपा एमालेको माधव नेपाल पक्षको केन्द्रीय कमिटी बैठक बस्दै छ ।
विहीबार बिहान ११ बजे बुद्धनगरस्थित एक ब्यांक्वेटमा बैठक बस्न लागेको हो । आजको बैठकले एमाले विभाजन हुने नहुनेबारे अन्तिम टुंगो लाग्ने एमाले नेताहरुको भनाइ छ ।
नेकपा एमालेमा जारी विवाद मिलाउने प्रयास भइरहेका बेला नेपाल पक्षले आफू पक्षीय केन्द्रीय कमिटी डाकेको हो।
नेता नेपाललाई आफू पक्षीय स्थायी कमिटी सदस्यहरुले एमालेमै मिल्न दबाब दिइरहेका छन्। यस्तोमा नयाँ पार्टी खोल्न चाहने नेताहरुको पकड रहेको केन्द्रीय कमिटी बैठक नेपालले बोलाएका हुन्।
यसैबीच अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता नेपालबीच भेटघाट गराउने तयारी भइरहेका बेला बैठक राखिएपछि एमालेले त्यसमा गम्भीर आपत्ति जनाएको हो। केपी ओली समूहले विहीबारको बैठकलाई अनधिकृत भन्दै ध्यानाकर्षण भएको जनाएको छ।
एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले विहीबार कुनै बैठक नराखिएको भन्दै भ्रममा नपर्न नेता कार्यकर्तालाई विज्ञप्तिमार्फत अपिल गरेका छन्।
नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले विहीवारका लागि डाकेको केन्द्रीय कमिटी बैठक सहभागी नहुन नेताहरुलाई आग्रह गरेको छ। माधव पक्षले एमालेका नाममा डाकेको बैठकलाई लिएर एमालेले बुधबार विज्ञप्ति निकाल्दै आपत्ति जनाएको हो।

प्रकाशित मिति: साउन २१ २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend