Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

चिनियाँ कम्पनीलाई नेपालमा १३ अर्ब ३० करोड लगानी गर्ने बाटो खुल्यो

हाम्रो कोशी आवाज
साउन ३२ २०७८, सोमबार
चिनियाँ कम्पनीलाई नेपालमा १३ अर्ब ३० करोड लगानी गर्ने बाटो खुल्यो

धरानः चिनियाँ कम्पनी होङ्सीले गरेको प्रस्तावअनुसार वैधानिक रुपमा नेपालमा लगानी गर्ने बाटो खुल्ला भएको छ।
गत वर्ष होङ्सीले इन्भेष्टमेन्ट कम्पनीमार्फत १३ अर्ब ३० करोड रुपैयाँ दाङ सिमेन्टमा लगानी गर्ने प्रस्ताव गरेको थियो।
त्यसलाई सरकारले अहिले वैधानिक बाटो निर्माण गरिदिएको हो।
मन्त्रिपरिषद्ले गत सोमबार गरेको निर्णयअनुसार राजपत्रमा प्रकाशित सूचनामा इन्भेष्टमेन्ट कम्पनीमार्फत नेपालमा लगानी गर्न सकिने व्यवस्था गरिएको छ।
गत वर्ष चिनियाँ कम्पनी होङ्सीले इन्भेष्टमेन्ट कम्पनीमार्फत सिमेन्ट उद्योगमा लगानी गर्ने प्रस्ताव गरेको थियो।
तर औद्योगिक व्यवसाय ऐनमा इन्भेष्टमेन्ट कम्पनीमार्फतको उद्योगलाई वर्गीकरण गरिएको थिएन। सोही कारण कम्पनीको उक्त लगानी स्वीकृत हुनसकेको थिएन।
इन्भेष्टमेन्ट कम्पनीमार्फत लगानी हुने उद्योगहरु ऐनमा वर्गीकरणको व्यवस्था नभएकोले उद्योग विभागले यो प्रस्तावलाई औद्योगिक प्रवर्द्धन बोर्ड बैठकमा पुर्याएको थियो।
बोर्ड बैठकले यस सम्बन्धमा एक समिति नै गठन गरेर नेपालमा इन्भेष्टमेन्ट कम्पनीको मोडालिटी तयार गरेको थियो। यसमा विभिन्न शर्तहरु राखिएको थियो।
गत फागुनमा बसेको २३४औँ बैठकमा औद्योगिक व्यवसाय ऐनमै प्रावधान राखेर नेपालमा विदेशी लगानी कम्पनी स्थापना गर्न दिन सकिने प्रस्ताव गरेको थियो।
लगानीको क्षेत्र समेत छुट्याइनुपर्ने मापदण्ड बनाई पेस गरेको थियो। सोही मापदण्ड गत सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले पास गरेको हो।
जसमा औद्योगिक व्यवसाय ऐन २०७६ को अनुसूचीमा उल्लिखित लगानी कम्पनी स्थापना गर्दा पालना गर्नुपर्ने विषय तोकिएको छ।
उक्त विषयहरुमा उद्योगका रुपमा इन्भेष्टमेन्ट कम्पनी दर्ता गर्दा लगानी गरिने उद्योगको क्षेत्र तोकेर मात्र उद्योग दर्ता गर्नुपर्ने, विदेशी लगानीको इन्भेष्टमेन्ट कम्पनीले उद्योग दर्ता गर्दा लगानी गर्ने क्षेत्र तोकिनुपर्ने, त्यो लगानी नेपालमा मात्र हुनुपर्ने, विदेशी लगानीको इन्भेष्टमेन्ट कम्पनीले उद्योग दर्ता गर्दा सो कम्पनीको अन्तिम हिताधिकारी खोलेकोे विवरण अनिवार्य संलग्न गराउनुपर्ने उल्लेख छ।

प्रकाशित मिति: साउन ३२ २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend