Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

भदौ १४ गते कृष्ण जन्माष्टमीमा सार्वजनिक विदा

हाम्रो कोशी आवाज
भाद्र ४ २०७८, शुक्रबार
भदौ १४ गते कृष्ण जन्माष्टमीमा सार्वजनिक विदा

धरानः सरकारले कृष्ण जन्माष्टमीका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले भदौ १४ गते कृष्ण जन्मअष्टमीमा सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।
त्यस्तै, आगामी भदौ ७ गते परेको गाईजात्रामा नेवार समुदायका लागि देशैभर बिदा दिने निर्णय गरेको छ। यसअघि उपत्यकाभित्र मात्र गाईजात्रामा बिदा हुने गरेकोमा नेवार समुदायका लागि देशैभर उक्त दिन बिदा दिने निर्णय भएको उनले बताए ।

प्रकाशित मिति: भाद्र ४ २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend