Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

बढ्न थाल्यो सुनको व्यापार, दैनिक ३५ केजीसम्म

हाम्रो कोशी आवाज
भाद्र ७ २०७८, सोमबार
बढ्न थाल्यो सुनको व्यापार, दैनिक ३५ केजीसम्म

धरानः नेपाली हिन्दु महिलाहरुको महान् पर्व हरितालिका तीज नजिकिँदै छ । तीज नजिकिएसँगै नेपाली बजारमा सुनको माग बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले अरुबेला ठप्पजस्तै रहेको व्यापार भदौ महिना लागेसँगै सुनचाँदीको कारोबार पनि बढ्दै गएको बताए । अध्यक्ष शाक्यले आर्थिक न्युजसँग भने, ‘भदौ महिना लागेसँगै तीजको चहलपहल सुरु हुन्छ । तीजको बेलामा सुनको कारोबार धेरै हुने गर्छ । यसले गर्दा केही दिन यता सुनको माग बढ्दै गएको छ ।’
सुनको कारोबार बिस्तारै वृद्धि हुने क्रम रहेको अध्यक्ष शाक्यले बताए । ‘अहिले बजारमा सुनको माग दिनप्रतिदिन बढ्दै गएको छ,’ उनले भने ‘साउन महिनामा दैनिक २० केजीको हाराहारीमा सुनको खपत भएको थियो । तर, अहिले भदौ महिना सुरु भएसँगै दैनिक ३० देखि ३५ केजीसम्म सुनको कारोबार भइरहेको छ ।’
अध्यक्ष शाक्यले पहिले नै व्यवसायीहरूले तयार बनाएर राखेको नयाँ नयाँ डिजाइनका गरगहनाले अहिले मागको केही हिस्सा धानेको उनले बताए । उनले भने, ‘पछिल्ला दिनहरूमा रेडिमेड गरगहना पर्याप्त बिक्री हुने गरेको छ, पहिले नै व्यवसायीले किनेर रिफाइन गरेर तयार गरेका गहना यति बेला बेच्ने गर्छन्, जसले गर्दा माग र आपूर्तिबिच सन्तुलन भएको हो ।’
त्यस्तै, कोरोनाका कारण समस्यामा परेका व्यवसायीलाई सरकारले ल्याएको सहुलियत कर्जाले केही राहत मिलेको अध्यक्ष शाक्यले बताए । उनले भने, ‘निषेधाज्ञाका कारण समस्यामा परेका व्यवसायीलाई सरकारले ल्याएको सहुलियत कर्जाले केही राहत मिलेको महसुस भएको छ । सरकारले ल्याएको सहुलियत कर्जामा समस्यामा परेका व्यापारीको पहुँच पुग्दा राहत भएको छ ।’
हाल सुनको भाउ प्रतितोला ९० हजारको आसपासमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: भाद्र ७ २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend