Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

विद्युत विक्री आम्दानी करिब ३० प्रतिशत घट्दा बरुण हाइड्रोको नाफा ६५ प्रतिशत कम

हाम्रो कोशी आवाज
भाद्र १६ २०७८, बुधबार
विद्युत विक्री आम्दानी करिब ३० प्रतिशत घट्दा बरुण हाइड्रोको नाफा ६५ प्रतिशत कम

धरानः बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपस्किृत वित्तीय विवरण भदौ १६ गते सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार कम्पनीको नाफा अघिल्लो वर्षभन्दा ६५ दशमलव २३ प्रतिशत कम भएको छ । अघिल्लो वर्ष रू। ६४ लाख १४ हजारभन्दा बढी खुद नाफा गरेको कम्पनीले गत वर्ष रू। २२ लाख ३० हजारभन्दा बढी मात्र यो नाफा गरेको हो ।
अघिल्लो वर्षभन्दा विद्यूत विक्री आम्दानी २९ दशमलव ७० प्रतिशत कम भएको र आयोजना लागत ६९ प्रतिशत बढी भएकाले सञ्चालन नाफा २२ दशमलव ८० प्रतिशत कम भएको छ । सञ्चालन नाफा घटेसँगै कम्पनीको खुद नाफामा कमि आएको हो । अघिल्लो वर्ष रू। ८ करोड ५० लाखभन्दा बढी विद्युत विक्री गरेको कम्पनीले गत वर्ष रू। ५ करोड ९७ लाखभन्दा बढीको मात्र विक्री गरेको हो ।
अघिल्लो वर्ष रू। ५९ लाख ५६ हजार आयोजना लागतमा खर्चिएको कम्पनीले गत वर्ष रू। १ करोडभन्दा बढी खर्चिएको छ । आम्दानी कम र खर्च बढी भएको गत वर्ष कम्पनीको सञ्चालन नाफा रू। ४ करोड २९ लाखभन्दा बढी रहेको छ । यो रकम अघिल्लो वर्षको यसै अवधिसम्म रू। ५ करोड ५५ लाखभन्दा बढी रहेको थियो ।
५ प्रतिशत बोनस शेयरपश्चात कम्पनीको हाल चुक्तापूँजी रू। २६ करोड ७९ लाख ७ हजार कायम भएको छ । कम्पनीको जगेडा कोष रकम भने ६९ प्रतिशत कम रू। ५० लाख २४ हजार रहेको छ ।

प्रकाशित मिति: भाद्र १६ २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend