Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

एनएमबीका ग्राहकले दराजबाट किस्ताबन्दीमा सामान किन्न पाउने

हाम्रो कोशी आवाज
भाद्र १८ २०७८, शुक्रबार
एनएमबीका ग्राहकले दराजबाट किस्ताबन्दीमा सामान किन्न पाउने

धरानः एनएमबी बैंकले आफ्ना ग्राहक तथा कर्मचारीहरुले अनलाइन दराजबाट किस्ताबन्दीमा समान खरीद गर्न पाउने गरी सम्झौता गरेको छ।
एनएमबी बैंकका क्रेडिक कार्ड प्रयोग कर्ताले दराजबाट आफूलाई आवश्यक सामानहरु किस्ता बन्दीमा खरिद गर्न सक्नेछन्। यसको लागि ग्राहकले दराजबाट भुक्तानी गरी समान खरिद गर्नेछन् र उक्त खरिद रकमलाई एनएमबी बैंकले ईएमआईमा रुपान्तरण गर्ने जनाएको छ।
बैंकले आफ्नो सेवा अभिवृद्धि गर्ने क्रममा यस्ता सुविधाहरु ग्राहक माझ प्रस्तुत गर्दै आइरहेको छ। छुट सम्बन्धी थप जानकारीको लागि ९लिंक० मा ईमेल गर्न सकिनेछ।
एनएमबी बैंकले हाल देशभरी १८१ शाखा, १३७ एटीएमहरू, ९ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेका छ।

प्रकाशित मिति: भाद्र १८ २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend