Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

एमसीसीको विरोधमा प्रदर्शन गर्ने १० जना पक्राउ

हाम्रो कोशी आवाज
भाद्र १८ २०७८, शुक्रबार
एमसीसीको विरोधमा प्रदर्शन गर्ने १० जना पक्राउ

धरानः अमेरिकी मिलेनियम च्यालेन्ज कम्प्याक्ट ९एमसिसी० खारेज गर्न माग गर्दै काठमाडौँस्थित अमेरिकी दूतावास अगाडि केही युवाहरुले प्रदर्शन गरेका छन् । प्रदर्शनमा संलग्न १० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
‘एमसीसी खारेज राष्ट्रिय अभियान’को नामबाट युवाहरु प्रदर्शनमा उत्रिएका थिए । उनीहरुलाई तत्कालै प्रहरीले नियन्त्रणमा लिएको थियो ।
उनीहरुले नेपालमा एमसीसी नचाहिने सन्देश दिने विभिन्न प्लेकार्ड बोकेर महाराजगन्जस्थित दूतावास अगाडि प्रदर्शन गरेका थिए ।
अभियानका संयोजक निर्ग जैसी ९नवीन०ले आफूसहित १० जनालाई प्रहरीले नियन्त्रणमा लिएर महाराजगञ्जमा राखेको बताए ।
पक्राउ पर्नेहरुमा जैसीसहित, जनक ढुंगाना, सम्राट थापा, कुलदीप शर्मा, सुरज तामाङ, टेकम बिसी, मोहमद नसिर, दुर्गा जोशी, केदार थामी र सुशील नेपाली रहेका छन् ।
एमसीसीकी उपाध्यक्ष फातेमा जे सुमर अर्को साता नेपाल आउने तय भएको छ । उनीसंगै अर्का सहायक उपाध्यक्ष जोनाथन ब्रुक्स पनि नेपाल आउने छन् ।

प्रकाशित मिति: भाद्र १८ २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend