Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

देशकै ठूलो पार्टी बनाउने उद्घोषका साथ विश्वप्रकाशले गरे महामन्त्रीमा उठ्ने घोषणा

हाम्रो कोशी आवाज
भाद्र २४ २०७८, बिहिबार
देशकै ठूलो पार्टी बनाउने उद्घोषका साथ विश्वप्रकाशले गरे महामन्त्रीमा उठ्ने घोषणा

धरानः नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका छन् । सुन्दरीजलस्थित बिपी संग्रहालय पुगेर आसन्न १४औं महाधिवेशनका लागि उनले महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।
बिपी कोइरालाको १०८औं जन्मजयन्तीको अवसरमा बिहीबार बिपी संग्रहालयले आयोजना गरेको कार्यक्रममार्फत शर्माले महामन्त्रीमा उम्मेदवारी घोषणा गर्दै युवा नेताको नेतृत्वमा कांग्रेसलाई देशकै सबैभन्दा ठूलो पार्टी बनाउने उद्घोष गरे ।
आगामी ९ देखि १३ मंसिरमा कांग्रेसको १४औं महाधिवेशन गर्दैछ । कांग्रेस नेता युवा नेता गगन थापाले महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । त्यस्तै, अर्का युवा नेता प्रदीप पौडेलले पनि महामन्त्रीमा उम्मेदवारी दिने बताएका छन् । क्रियाशील सदस्यता विवाद टुंगो लागेपछि औपचारिक रूपमा घोषणा गर्ने बताएका छन् ।

प्रकाशित मिति: भाद्र २४ २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend