धरानः नेपाली कांग्रेसका नेता डा. नारायण खड्का औपचारिक रुपमै परराष्ट्रमन्त्री नियुक्त भएका छन् । यसबारे जानकारीसहितको पत्र राष्ट्रपतिलाई पठाइएको प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयले जानकारी दिएको छ । उनले उदयपुर क्षेत्र नम्बर १ बाट चुनाव प्रतिनिधि सभा सदस्यको जितेका हुन् ।
देउवाका स्वकीय सचिव भानु देउवाका अनुसार परराष्ट्रमन्त्रीमा नारायण खड्कालाई नियुक्त गरिएको जानकारी केही समयअघि राष्ट्रपतिलाई गराइएको छ । पत्र पाएसँगै राष्ट्रपति कार्यालयले अब शपथ ग्रहण हुने समय तोकेर खबर गर्ने बताइएको छ ।
राष्ट्रपति कार्यालयबाट तोकिएको समयमा राष्ट्रपति विद्यादेवी भण्डारीले खड्कालाई मन्त्री पदको शपथ ग्रहण गराउने कार्यक्रम रहेको प्रमका स्वकीय सचिव भानुले जानकारी गराएका छन् । सत्ता गठबन्धनका नेताहरुको मंगलबार बसेको बैठकमा डा. खड्कालाई परराष्ट्रमन्त्री नियुक्त गर्ने सहमति बनेको थियो ।
पराष्ट्रमन्त्रीको शपथ ग्रहण गरेर कार्यभार सम्हालेलगत्तै कांग्रेस सांसद डा. नारायण खड्का न्यूयोर्क जाने भएका छन् । संयुक्त राष्ट्रसंघको ७६ औं महासभामा भाग लिन मन्त्री खड्का नेतृत्वको नेपाली प्रतिनिधिमण्डल न्यूयोर्क प्रस्थान गर्ने स्रोतको भनाइ छ । उनले महासभालाई नेपालको तर्फबाट सम्बोधन पनि गर्ने छन् ।
परराष्ट्र मन्त्री नहुँदा राष्ट्रिय र अन्तर्राष्ट्रिय छवि बि ग्रिने चिन्ता थियो । साथै संयुक्त राष्ट्रसंघको महासभामा को सहभागी हुने भन्ने पनि अ न्यौ ल थियो । त्यसैले सत्ता गठबन्धनका नेताहरुको मंगलबार बसेको बैठकमा खड्कालाई परराष्ट्रमन्त्री तत्काल नियुक्त गर्ने सहमति भएको थियो । सोही सहमति अनुसार डा. खड्का आज परराष्ट्रमन्त्री नियुक्त भएका छन् ।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले खड्कालाई मन्त्री नियुक्त गरेर आजै पद तथा गोपनीयताको शपथ खुवाएलगतै सिंहदरबार गएर कार्यभार सम्हाल्नेसँगै महासभामा भाग लिन जाने कार्यक्रम छ ।