धरानः राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त परराष्ट्रमन्त्री डा.नारायण खड्कालाई आज पद तथा गोपनीयताको शपथ दिलाएकी छिन् ।
राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति भण्डारीसमक्ष मन्त्री खड्काले शपथ लिएका हुन् ।
समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवा, सभामखु अग्निप्रसाद सापकोटा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना उपस्थित थिए ।
मन्त्री खड्कालाई प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले आजै परराष्ट्रमन्त्रीमा नियुक्त गरेका थिए । डा. खड्का २००५ साल चैत ७ गते भोजपुरमा जन्मिएका हुन् । ०२३ सालमा विद्यार्थी जीवनकालबाटै राजनीतिमा होमिएका खड्का पटक–पटक मन्त्री भइसकेका छन् । उदयपुरबाट निर्वाचन जितेका थापा संविधानसभा सदस्य पनि हुन् । उनी यसअघि पनि सुशील कोइराला नेतृत्वको सरकारमा सहरी विकासमन्त्री बनेका थिए । उनले राष्ट्रिय योजना आयोगका उपाध्यक्षको जिम्मेवारी पनि सम्हालिसकेका छन् । उनी अर्थशास्त्रमा पीएचडी हुन् ।