Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

ओलीका कारण संसद बैठकमा छिर्नै मन लाग्दैन: गगन थापा

हाम्रो कोशी आवाज
असोज ७ २०७८, बिहिबार
ओलीका कारण संसद बैठकमा छिर्नै मन लाग्दैन: गगन थापा

धरानः सत्तारुढ दल नेपाली काँग्रेसका नेता तथा सांसद गगन थापाले संसद बैठक अवरुद्ध भएकोमा आपत्ति जनाएका छन् । नेकपा एमालेले पटकपटक गरेको संसद अवरोधलाई लिएर उनले आपत्ति जनाएका हुन् ।
बिहीबार प्रतिनिधिसभा बैठकपछि संसद भवनबाहिर पत्रकारहरुसँग कुरा गर्दै उनले एमालेका कारण संसद बैठकमा प्रवेश गर्नै घिन लाग्ने बताए । एमालेले गरेको अवरोधका कारण आफूले बजेट बिधेयकसम्बन्धी कुराहरु सरकारलाई भन्न नपाएको गुनासो गरे ।
‘एमालेले गरेको अवरोधका कारण मलाइ संसद बैठकमा छिर्नै घीन लाग्छ, अवरोधका बीचमा गएर मलाई लागेको कुराहरु राख्न मन लाग्दैन त्यसैले बैठकमा कुरा राख्न नपाएर म टुलुटुलु हेरेर बस्न बाध्य भएको छु ।’ उनले भने ।
त्यस्तै उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो कार्यकालमा र अहिले पनि संसदलाई देख्न नरुचाएको बताए ।

प्रकाशित मिति: असोज ७ २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend