धरानः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई व्यंग गर्दै बिकाउ मालको संज्ञा दिएका छन् ।
बिहीबार आयोजना गरिएको एक कार्यक्रममा बोल्दै ओलीले यस्तो संज्ञा दिएका हुन् ।
पार्टीमा राख्न मान्छे नपाएको भन्दै उनले भने, ‘माधव नेपालको पार्टी पदाधिकारी पार्टी हो । माधवले अझै पनि बिकाउ माल खोज्दै हिंडीराखेका छन् ।’
माधव नेपाललाई कटाक्ष गर्दै कम्युनिष्ट आन्दोलनको रक्षा भन्दै कांग्रेसको पछि हिँडेको आरोप लगाए।
‘कम्युनिष्ट पार्टीको रक्षा गर्ने रे। दक्षिणपन्थीको विरोध गर्ने रे। कांग्रेसको पछि लागेको छ। दक्षिणपन्थीको विरोध गर्ने रे। एउटा कार्यालय खोल्न नसक्ने अरूको कार्यालयमा आएर ताला लगाउने? सरकार फेरि कस्तो?’ ओलीको भनाइ छ।