Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

चाडपर्वको मुखमै सरकारले बढायो सार्वजनिक यातायातको भाडा

हाम्रो कोशी आवाज
असोज ८ २०७८, शुक्रबार
चाडपर्वको मुखमै सरकारले बढायो सार्वजनिक यातायातको भाडा

धरानः सरकारले चाडपर्व नजिकिँदै गर्दा लामो दूरीका सवारी साधनमा लाग्ने भाडा बढाएको छ । यातायात व्यवस्था विभागले २९ असारको निर्णयअनुसार अहिलेको भाडा समायोजन गरेको जनाएको छ ।
विभागले यात्रुवाहक सवारीमा २८ प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा २० प्रतिशत र तराईका बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा २६ प्रतिशत भाडा वृद्धि गरेको थियो ।
दशैंका लागि अग्रिम टिकट बुकिङ असोज ११ गतेबाट खुल्ने भएको छ । पछिल्लो समय गत असार २७ गते सरकारले तीन वर्षपछि सार्वजनिक यातायातको भाडादर समायोजन गरेको छ । यातायात व्यवस्था विभागले अन्तर प्रदेश सञ्चालन हुने सार्वजनिक यातायातका यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडादर समायोजन गरिएको बताएको हो ।

प्रकाशित मिति: असोज ८ २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend