धरानः माओवादी निकटको अखिल क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंह चयन भएकी छिन् । यस अघि उपाध्यक्ष रहेकी सिंह अध्यक्ष भएकी हुन् । अखिल क्रान्तिकारीमा महिला अध्यक्ष हुन लागेको यो पहिलोपटक हो । उनी सुर्खेतकी हुन् ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सिंहलाई अध्यक्ष बनाउने घोषणा खुमलटारबाट गरेका हुन् । यस अघि स्थायी कमिटीले क्रान्तिकारीको नेतृत्व चयनको जिम्मा प्रचण्डलाई दिएको थियो । क्रान्तिकारीमा अध्यक्षका दाबेदारमा सिंहसहित सुरेन्द्र बस्नेत र तिलकराज भण्डारी मुख्य थिए ।