Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

२०२३ का लागि डिभी खुल्यो

हाम्रो कोशी आवाज
असोज २१ २०७८, बिहिबार
२०२३ का लागि डिभी खुल्यो

धरानः २०२३ को डाइभर्सिटी भिसा (डिभी) को आवेदन खुल्ला भएको छ ।
अमेरिकाले सन् २०२३ का लागि आजदेखि डिभी चिट्ठा खुला ग गरेको हो । अमेरिकी विदेश मन्त्रालयले नेपाली समयअनुसार बुधबार बेलुका ९ः४५ देखि डिभी चिट्ठा खुला गर्ने गरेको हो ।
डिभी भर्न ‘अमेरिकी स्टेट गभर्मेन्ट’ को साइटमा गएर आफ्नो सक्कली कागजात राखेर भर्न सकिन्छ । डिभी भर्दा नाम, जन्ममिति, जन्मस्थान, पासपोर्ट विवरण, फोटो, ठेगाना, फोन नम्बर, इमेल लगायतका विवरणहरू बुझाउनुपर्छ ।
डिभी २०२३ का विजेताहरूले सन् २०२३ को सेप्टेम्बर ३० सम्म भिसा प्राप्त गर्नसक्ने छन् भने नतिजा सन् २०२२ को मे महिनामा काउनेछ ।
बुधबार राति ९ः४५ बजेबाट खुलेको आवेदन कातिक २३ गतेसम्म भर्न सकिने नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ । आवेदनमा आफ्नो परिवारका सबै सदस्यहरुको विवरण, विगत ६ महिना भित्र खिचिएको फोटो चाहिने छ । त्यस्तै, वैध, म्याद नसकिएको राहदानीको विवरण उल्लेख गर्नुपर्ने छ । दूतावासको वेवसाइटमा गएर अनलाइन फारम भर्न सकिने दूतावासले जनाएको छ ।

प्रकाशित मिति: असोज २१ २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend