Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

खेतीयोग्य जमिन मास्दा बढ्यो परनिर्भरता

अनुषा थापा
फाल्गुन २६ २०७९, शुक्रबार
खेतीयोग्य जमिन मास्दा बढ्यो परनिर्भरता

नेपाल प्राकृतिक सुन्दरताले भरिपुर्ण देश हो । यहाँको डाँडाकाडा, पाखापखेराले मानिसको आँखा लोभ्याउँछ । जलस्रोतको दोस्रो धनी देश नेपालको हावापानी पनि सन्तुलित छ । यहाँको माटो पनि उर्वर छ । खेतीपातीका लागि अत्यन्तै सुहाउँदो माटो छ । केही समय अघिसम्म नेपालमा धेरै उब्जाऊयुक्त जमिन थियो । चार दशक अघिको कुरा गर्ने हो भने नेपाल खाद्यान्न निर्यात गर्ने मुलुक हो । धान, मकै, कोदो, सिमी, मस्याङ्गलगायतका अन्न अन्य मुलुकलाई बेच्ने गरिन्थ्यो ।
नेपाल सरकारले कतिपय देशलाई अनुदानमै अन्न दिने गरेको थियो । त्यतिबेला नेपालले केही पनि आयात गर्नुपर्दैनथ्यो । लुगा पनि नेपालमै उत्पादन गरिन्थ्यो । आफ्नो आवश्यकता आफ्नै उत्पादनबाट परिपूर्ति हुँदै आएको थियो । तेलका लागि तोरी छर्थे । घ्युका लागि गाईंभैंसी पाल्थें । आफ्नै खेतबारीमा फलेको अन्नबालीबाट गुजारा गर्ने प्रचलन थियो । नेपाली मुद्रा विदेश जान दिँदैनथे । यता, नेपाल सरकारलाई विदेशी ऋण लिनुपर्ने आवश्यकता थिएन् ।
अधिकांश कृषि पेशामा जोडिएको भएकाले कोही बेरोजगार थिएनन् । बिहानदेखि बेलुकासम्म आफ्नै खेतमा मलजल गर्नेलाई रोग पनि लाग्दैथ्यो । उनीहरु जति थियो त्यतिमै सन्तुष्ट थिए । व्यापार घाटा थिएन् । विषादीयुक्त सामान किनेर खानुपर्ने बाध्यता नभएकाले धेरै हृष्टपुष्ट थिए । जे भएपनि मुलुक आत्मनिर्भर थियो । तर, अहिले परिस्थिति ठ्याक्कै उल्टो बनेको छ । विदेशी ऋण दिनहुँ बढिरहेको छ । एउटै नेपालीको टाउको ८० हजार रुपैयाँ विदेशी ऋण पुग्न थालिसकेको छ ।
यता, व्यापार घाटा पनि ह्वात्तै बढेको छ । हुन त हामी नेपाली हौं भन्छौं । नेपाली नागरिकता बोक्छौं, नेपाली टोपी लगाउँछौं । तर, हाम्रो भान्छामा पाक्ने हरेक खाद्यान्न विदेशी मुलुकबाट आयात भइरहेको छ । चामल, तेल, गेडागुडी, दाल, पिठोलगायत सबै खानेकुरा नेपालले आयात गर्छ । त्यही किनेर बिहानबेलुका उपभोग गरिरहेका छौं । अनि हामी नेपाली हौं भनेर गर्व गरिरहेका हुन्छौं । के आधारमा आफूलाई नेपाली भन्ने ? अरु देशले खाद्यान्न बिक्री गर्न छोड्यो भने नेपाली भोकभोकै मर्छन् ।
बाहिरबाट आयात गरेको खाद्यान्न खानलायक पनि छैन् । विषादीयुक्त खानेकुराहरु आयात भइरहेका छन् । जसले गर्दा नेपालीलाई विभिन्न थरीका रोगले च्यापेको छ । एकातिर मँहगो मूल्य तिरेर सामान किन्नुपर्ने अर्कोतिर त्यही खाएर बिरामी हुने । विषादीयुक्त खाद्यान्न बेचेर अन्य मुलुकले नेपालीलाई बिरामी पारेको छ । यता, उपचारको नाममा पनि नेपाली पैसा धमाधम आफ्नो मुलुक भित्र्याइरहेका छन् । नेपालमा कृषियोग्य जमिन नहुँदा धेरै बेरोजगार बनेका छन् ।
नेपालीलाई विलासीपूर्ण जिन्दगी जिउने बानी परिसकेको छ । छोटो दुरीमा यात्रा गर्न पनि सवारी साधनको प्रयोग हुन्छ । तर, त्यो सवारी साधन कुन मुलुकले बनाएको हो ख्याल गरिँदैन् । यता, पेट्रोल पनि खरिद गर्नुपर्ने बाध्यता छ । नेपालमै पेट्रोल उत्पादन हुँदैन् । अहिलेसम्म भारतबाट किनेर सवारी साधन चलाइरहेका छौं । भारतले इन्धन नबेच्ने भनेर घोषणा गरिदियो भने ती सबै सवारी घरघरमा थन्किन्छन् । सवारी साधन र इन्धन दुवै बेच्ने भारत ।
भोलि उसैले प्रतिबन्ध लगाइदियो भने अहिले जतिपनि सवारी साधन छ त्यो सबै रद्धद्धीमा जान्छ । अरु देशले नेपाललाई आफ्नो व्यापार गर्ने थलो बनाइरहेको छ । कृषिसंग सम्बन्धित थुप्रै मन्त्रालय र विभाग छन् । तर, तिनले केही काम गर्ने होइनन् । नेपाललाई कृषिमा आत्मनिर्भर बनाउन न कृषि तथा पशुपन्छी मन्त्रालयले भूमिका खेल्छ न कृषि विभाग । भूमि सुधार मन्त्रालय र विभाग किन चाहियो ? यी निकाय खारेज गरिदिए हुन्छ । बेकारमा मन्त्री र कर्मचारीलाई किन तलबभत्ता खुवाउने ?
हरेक सामान बाहिरबाट आयात गर्नुपरेको छ । सरकारसंग भूमि जोगाउने र नेपालीलाई कृषि पेशामा आबद्ध गर्ने कुनै रणनीति छैन् । जनता बिहानबेलुका छाक टार्न अरुको मुख ताक्नुपर्छ भने सरकारको के काम ? सरकारले खेतीयोग्य जमिन मासेर घर बनाउन दियो । धमाधम बाटो बनाइयो । उब्जनी हुनलाई त माटो चाहियो नि । माटोमाथि ढलान हालेपछि खेती गर्न मिलेन् । सरकारले बेलैमा सोचविचार नगर्दा नेपालीहरु भोकभोकै मर्नुपर्ने अवस्था सिर्जना हुन सक्छ ।
पैसा हुनेले मँहगोमै किनेर भएपनि बिहानबेलुकाको गुजारा गर्लान् । तर, आम्दानीको स्रोत नहुनेहरु त भोकले नै आत्महत्या गर्नुपर्ने अवस्था बनेको छ । इँट्टा टोक्न मिलेन्, अन्न नै चाहिन्छ । भोक लाग्दा घरको ढलान कोतारेर खान मिल्दैन् । खाद्य बिना मानिस क्षणिक पनि बाँच्न सक्दैन् । कृषियोग्य जमिन माँसेर घर बनाउनु दिनु सरकारको ठूलो गल्ती हो । भूमि सुधार मन्त्रालय र भूमि विभागले राजस्वको लोभमा परेर कृषियोग्य जमिन तहसनहस बनाइदियो ।
जग्गा प्लानिङ गर्दा नि राजस्व आउने, घर बनाउँदा पनि राजस्व पाइने । राजस्वको पछि लाग्दा मुलुक परनिर्भर बन्यो । आफ्नो देश कंगाल, अरुको देश मालामाल । खाद्यान्न नै आयात गर्ने देश कहिले उभो लाग्छ ? अहिलेसम्म मँहगो तिरेर बासी खाना नेपालीले खाइरहेका छन् । भोलिका दिनमा केही कारणबस् अन्य मुलुकले नाकाबन्दी गरिदियो भने नेपालको हालत के हुन्छ ? नेपाली जनताको पेट सरकारले कहाँबाट ल्याएर भर्छ ? नेपाल संकटले घेरिएको छ ।
४० वर्षअघि रोपनीको एक लाख नपर्ने जग्गा अहिले करोडौं पर्न थालिसकेको छ । जग्गाको मूल्य यसरी बढ्नुको कारण के त ? सरकारले जग्गा खरिदबिक्री गर्न रोक लगाएन् । जसको फाइदा भूमाफिया र जग्गा दलालीहरुले उठाए । यता, एक लाखमा जग्गा बेच्ने पनि सुकुम्बासी बने उता करोडमा किन्ने पनि सोत्तर बने । कमाए त जग्गा दलाली र भूमाफियाले मात्र । पछिल्लो समय जग्गाको मूल्यमा ह्वात्तै गिरावट आएको छ । जसले गर्दा खरिदकर्ताहरु चुलुम्मै डुबेका छन् ।
जग्गा खरिदबिक्री गर्ने क्षेत्र होइन् । माटो नभईकन देश चल्छ ? राम्रो माटो नहुँदा र सिँचाई गर्ने पानी नहुँदा कतिपय मुलुकमा भोकमरी लागेको त हाम्रै आँखाले देखेका छौं, सुनेका छौं । तर, नेपालको माटो त मलिलो थियो । सिँचाइ गर्नलाई पानी पनि थियो । तर, सरकारले ख्यालख्याल गर्यो । विकसित मुलुकमा खेतीयोग्य जमिनमा घर बनाउन दिँदैन् । जग्गा वर्गीकरण गरिन्छ । तर, नेपालको हकमा हेर्ने हो भने जहाँ पनि घरैघर छ । सरकार राजस्व आउँछ भनेर सबै खुल्ला छोडिदिने ।
बैंक तथा वित्तिय संस्था त्यही कर्जा लगानी गर्ने अनि देशको अर्थतन्त्र संकटमा पार्ने । अहिले नेपालको परिस्थिति त्यस्तै बनेको छ । जग्गा सरकारको स्वामित्वमा हुनुपथ्र्यो । तर, सरकारले त्योपनि गर्न सकेन् । सरकारभन्दा भूमाफिया र जग्गा दलाली बलियो भन्दा यस्तो अवस्था निम्तियो । गर्ने सरकार र भूमाफियाले तर भर्ने जनता । अहिले जतिपनि घर बनेका छन् तीमध्ये ९५ प्रतिशतको घर बैंकको नाममा छ । केही समययता घरजग्गा किनबेचमा पूरै मन्दी आइसकेको छ । अब बैंकले कसरी कर्जा उठाउँछ ?
देशको अर्थतन्त्र डामाडोल बनिसकेको छ । बैंक, फाइनेन्स र सहकारीले छिटो नाफा कमाउने सपना देख्दा आज डुब्ने अवस्थामा पुग्यो । सरकारले बेलैमा नियमन गरेको भए अन्य मुलुकले नेपाललाई च्याप्न पाँउदैनथ्यो । राज्यले छापेको सबै पैसा घरजग्गामा गएर फ्रिज भएको छ । जसले गर्दा बजारमा तरलता देखिएको छ । भूमाफियाहरुले आफू कमाउनका लागि राज्य र जनता दुवैलाई डुबाए । यता, बैंक, फाइनेन्स पनि बन्द हुने बेला भइसकेको छ । सहकारी त ठप्पझैं बनिसकेको छ ।
चार दशकअघि एउटै व्यक्तिसंग १० रोपनीसम्म जग्गा थियो । तर, अहिले त्यो व्यक्तिसंग जम्मा दुई आना जग्गा छ । उसले जग्गा बेचेर छिनका लागि मोजमस्ती गर्यो । जसका कारण अहिले सुकुम्बासी बन्नुपर्यो । तीन आना जग्गा किनेर पाँच तलाको घर ठड्याइयो । उसको दाउ भनेको भाडामा लगाएर बसिबसि खाने हो । जसको असर अहिले देखिएको छ । आम्दानी नभएर धेरैले कोठा छोडिसकेका छन् । व्यापार व्यवसाय नहुँदा धेरैले पसल गर्न पनि छोडेका छन् ।
कोठा भाडामा लगाएर खान्छु भन्नेको सपना पनि चक्नाचुर बनेको छ । अबको स्थिति थप जटिल बन्ने छ । मँहगी झनै बढ्छ, देशको अर्थतन्त्र थप संकटमा पर्छ । राजस्व उठ्न छोडिसकेको छ । घरजग्गामा पूरै मन्दी छाएको छ । सरकारी खर्च धान्न नसक्ने भइसकेको छ ।

प्रकाशित मिति: फाल्गुन २६ २०७९, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

  • धरानको विजयपुरः ‘माल पाएर चाल नपाएको’ ठाउँ

    -राजकुमार दिक्पाल केही सातादेखि ऐतिहासिक विजयपुर क्षेत्रलाई लिएर विवाद चर्किएको छ। स्वस्थ बहस र समाधानतर्फ अघि बढ्नुपर्ने विवाद झन् जटिल बन्दै गएको छ। सम्बन्धित पक्षहरूले...

    • ६ घण्टा अगाडी
    • ७ मिनेट पाठ
  • सुनसरीको बसपार्कबाट प्रहरीले खोजीखोजी समात्यो

    धरानः सुनसरीको इनरुवाबाट प्रहरीले लागूऔषधसहित पक्राउ गरेको छ । इनरुवा–४ बसपार्कमा प्रहरीले खोजीखोजी युवालाई पक्राउ गरेको हो । पूर्व–पश्चिम राजमार्गमा जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी...

    • ४ दिन अगाडी
    • २ मिनेट पाठ
  • श्रमदानको ओज

    -बैकुण्ठ दाहाल नेपालको राजनीतिक इतिहासमा धेरै दलहरू स्थापना भए, धेरै नाराहरू उठे, तर आम नागरिकले चाहेको सुशासन, उत्पादनमुखी अर्थतन्त्र र श्रमको सम्मान अझै पनि पूर्णरूपमा...

    • ५ दिन अगाडी
    • ३ मिनेट पाठ
  • डिग्री पास छ तर सर्वसाधारणले पाउँदैनन् जागिर

    जताततै भूपू कर्मचारीको बिगबिगी धरानः सरकारी कार्यालयमा सरकारले प्राइभेट कम्पनीबाट गार्ड नियुक्त गरेको हुन्छ । यता, स्थानीय पालिकाले नगरप्रहरी राखेको हुन्छ । बैंक तथा वित्तिय...

    • १ हप्ता अगाडी
    • ६ मिनेट पाठ
  • नजानिँदो सत्ताको अस्थिर चक्रव्यूह

    -कृष्णबहादुर तामाङ “संसदीय अङ्कगणित र जोड घटाउले विकासको गतिलाई सधैँ बन्धक बनाउन सक्दैन । नेपालको सात दशक लामो राजनीतिक अस्थिरताबाट मुक्त हुने सबैभन्दा प्रभावकारी विकल्प...

    • १ हप्ता अगाडी
    • ८ मिनेट पाठ
  • हामी १२ वर्षमा प्रवेश

    धरानः हाम्रो कोशी आवाज डटकम आफ्नो स्थापनाको ११ वर्ष पूरा गरी आज १२ औं वर्षमा प्रवेश गरेको छ । हामी छैटौं वर्ष पूरा गरी...

    • १ हप्ता अगाडी
    • ३ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend