-जयकृष्ण यादव
इनरुवा नगरपालिका नगर मात्रै होईन सुनसरीको सदरमुकाम समेत हो तर यहाँ विधार्थीहरु कक्षा १० पछिको शिक्षा लिन अझै रुचाउदैन् । सबैको प्रश्न शैक्षिक गुाणस्तर छैन, भएन् शिक्षा व्यापार भयो, यी यस्तै जवाफ आउँछ । तर के यी र यस्तै कुराले मात्रै इनरुवा शैक्षिक हव बन्न नसकेको हो । शिक्षा भन्ने वितिकै मानवलाई नैतिकबान, चरित्रबान, इमान्दार र कर्मयोगी जागिर तथा रोजगार बनाउने साधन र माध्यमको रुपमा लिएको सामान्य रुपमा हेर्न सकिन्छ । यही इनरुवामा एउटा क्याम्पस सुनसरी बहुमुखी क्याम्पस र प्लस टु एउटा शारदा मावि भएको बेला भन्दा अहिले दुई क्याम्पस र कक्षा १२ सम्म पढाईहुने नीजिका चार र सामुदायिक विद्यालय तर्फका पाँच मावि रहेको भएपनि दर्जन बढी बसमा विधार्थीहरु इनरुवा बाहिर जाने गरेका छन् । होस्टेल, भाडाको कोठामा बस्ने र आफन्तकोमा बसेर पढ्नेहरुको सुची अझै लामो छ । यी र यस्तो सवाल हाम्रो नेतृत्वकर्ताहरुलाई थाहा नभएको पनि होईन तर थाहा भएरपनि इनरुवाको शैक्षिक गुणस्तर सुधार र शिक्षामा लगानीका सावलमा अध्ययन, अनुसंधान र विषलेशण तथा इनरुवामै विधार्थी टिकाउने कुनै पनि आकर्षक काम वा स्किम ल्याउन सकेको छैन् ।
विधार्थीहरु एउटै विद्यालयमा पढ्न रुचाएन भने अर्को विद्यालयमा वा एउटा उपल्बध भएको कलेजमा रुचाएन अकोए अर्को कलेजमा टिकाउने अभियान खोई ? भएको शैक्षिक संस्थाहरुमा आकर्षण खोई, भएको विधार्थी समेत टिकाउन नसक्नुको कारण के ? संघीय, प्रदेश र स्थानीय सरकारको काम खाली विदेश पाठाउने जनशक्ती उत्पादन गर्ने कि स्वदेशमै जिवनउपयोगि शिक्षा, रोगजारमुखी शिक्षा, व्यवहारिक अनि नैतिक शिक्षा पनि दिने ? यो सवालहरुको जवाफ खोई त ?
इनरुवामा २०५४ को स्थानीय निकायको निर्वाचनका बेलामा जे एजेण्डा थियो । अहिले पनि यी समस्या जाहाँँको त्यही छ , शिक्षाको सुधारमा परिणात्मक संख्यात्म शैक्षिक संस्था र स्तर बढेको छ तर गुणस्तर वा गुणात्मक सुधार खोई ? कक्षा ८ को परिक्षामा २४ देखी ५० प्रतिशत उतिर्ण, कक्षा १० को परीक्षामा चिट चोरेर पनि पनि ५० प्रतिशत हाराहारीमा उतिर्ण र कक्षा १२ को परीक्षामा ३० प्रतिशत उतिर्ण अनि स्नातक तहमा २० देखी ४० प्रतिशत र स्नातोतर तहमा ४० प्रतिशत उतिर्ण हुने अवस्थाले कसरी हाम्रो नगरको शैक्षिक सुधारको दावी गर्न सक्छौ ?
पुरानो क्याम्पस सुनसरी बहुमुखी क्याम्पस:
इनरुवाको सबै भन्दा पुरानो क्याम्पस, सुनसरी बहुमुखी क्याम्पसको कुरा गर्दा दशक अघिसम्म विधार्थीको रोजाईमा थियो । यहाँ रहर हो की बाध्यता जे भएर पनि पुरानो क्याम्पस सुनसरी बहुमुखी क्याम्पसको एउटा आफ्नै ब्राण्ड थियो । भौतिक पूर्वाधार सन्तोशजन नभएपनि केही इमान्दार प्राध्यापकको कारणले क्याम्पस राम्रो चलेको थियो । ५०० भन्दा भन्दा धेरै विधर्थाी पढिरहेका थिए । जब क्याम्पसमा काम चोर प्राध्यापकहरुको आगमन र पदका लागि मात्रै सञ्चालक समितिमा जाने प्रवृति हावी भयो । तब केही मात्रामा भौतिक पूर्वाधार निर्माण भएको देखिन्छ तर शैक्षिक गुणस्तर घट्दै गएको देखिन्छ । क्याम्पसमा कहिले विषयत , कक्षागत र तहगत नतिजा विश्लेण गरेर दण्ड र पुरस्कारको कार्यक्रम ल्याएन , विधार्थीका अभिभावकहरुलाई क्याम्पसमा आउने बतावरणसम्म दिएन् । विधार्थीहरुलाई कहिले शिष्यको रुपमा हेरेन , प्राध्यापकहरु कहिले आफू क्याम्पस पोसाकमा आएन , यी र यस्तो कारणले प्राध्यापक र रामजानकी गुढी संस्थाको हाटका किसान वा व्यवपारी छुट्याउन मुस्लिक भएको देखिन्छ । अर्को सरकारी जागिर खानेहरुलाई क्याम्पसमा काम दिदाँ इमान्दार भएर विषय बस्तु पढाउन चुकेको देखिन्छ । दिनभर सरकारी विद्यालायमा पढाउनेहरुलाई बढी अवसर दिदाँ फुर्तिला र कक्षामा जागर भएको देखिएन् । केही त आगींक क्याम्पस भएकाले थोर बहुत जे जस्तो भएपनि तलब भत्ता खाने वा पार्टीको कार्यकर्ता पालनको रुपमा समेत लिएको देखिएकाले विधार्थीको रोजाईमा सुनसरी क्याम्पस पर्न नसेको हो । यहाँ आर्टस, कमर्श, शिक्षा पढाई भईरहेकोमा आर्टस हटाएको र हालसम्म साईन्स ल्याउन नसकेको, प्राविधक धारका पढाई वा छोटो समयका शिपमुलक शिक्षासंग क्याम्पसलाई जोड्न नसकेको अवस्था र भएको जनशक्तीमा समन्य नभएको र व्यक्तित्व समेत जागर चल्ने खालका नदेखिएकोले विधार्थीलाई आकर्षित गर्न र अभिभावको विश्वास जित्न नसकेकाले विधार्थीको रोजाईमा यो क्याम्पस भन्दा अरु नै क्याम्पस पर्न थालेको देखिन्छ । विगतमा साविकको मधुवन, प्रकाशपुर, बराहक्षेत्र, महेन्द्रनगर, सिगिया, भासी, भरौल, एकम्बा, मधेसा, चान्दबेला, बबिया, जल्पापुर, डुम्राहा, औरावनी, हरिपुर, श्रीपुर, पश्चिम कुशाहा, लौकही, भोक्राहा, नरसिंह, हरिनगारा, रामनगरभुटाहा, रासी, मध्यहर्षाही, देवानगञ्ज गाविससम्मका विधार्थीहरु आर्थात आधा जिल्लाका विधार्थीहरु पढ्न आउने क्याम्पसमा अहिले यहाँ विधार्थीहरु अरु तिर नै जान थालेको छ । यस्को कारण खोजी गरि विधार्थी टिकाउनका लागि अभियान सञ्चालन गर्नुपदैन ? सरकारी क्याम्पस नभएपनि सरकारको संरक्षणमा रहेकाले सबै पक्ष यसमा ध्यान दिनुपर्छ ।
हालको अवस्था ः क्याम्पस प्रमुख र क्याम्पस संचालक समिति अध्यक्ष सहित पदाधिकारीहरु जिम्मेबारी प्रति प्रतिबद्ध हुनुपर्नेमा कम्जोर देखिन्छ । कुरामा पहुचमा र पावरमा ठूलो कुरा गरेको भएपनि व्यवहारमा सुनसरी बहुमुखी क्याम्पसको अवस्था नाजुक रहेको देखिन्छ । सुनसरीको सदरमुकाम इनरुवाको गहनाको रुपमा रहेको शैक्षिक संस्था मध्ये पुरानो र उच्च शिक्षा अध्यापन हुदै आएको सुनसरी बहुमुखी क्यापम्समा पच्छिलो समय नियमित पठनपाठन नभएको, शिक्षक विधार्थी बीचमा सम्बन्ध राम्रो नभएको, राम्रो प्राध्यापकलाई पाखा लगाउने र अयोग्यहरुको भिड बढाउने होडमा लागेको गुनासो बाहिर आएकाले इनरुवा नगर शैक्षिक सुधार अभियानको गम्भिर ध्यानाकर्षण भएको विज्ञप्ती आएको छ । करिब पाँच दशकदेखी साविकको प्रविणता प्रमाण पत्र, स्नातक तह, स्नातोत्तर तहसम्मको पठनपाठन भइरहेको र हाल प्रविणता प्रमाण पत्र हटाएकोले कक्षा ११ र १२ सहितको कक्षा र शिक्षा शास्त्रमा स्नातोत्तर तहसम्मको पठनपाठन भइरहेकोमा सञ्चालक समितिको बेवास्ता र क्याम्पस प्रमुख तथा प्राध्यापकहरुको बीचको तालमेल नमिल्दाको अवस्थाले शैक्षिक गुणस्तर खस्कदै गएकाले हाल सबै तहमा विधार्थीको संख्या घट्दै गएको छ । क्याम्पसलाई केहीले कमाई खानेभाडोको रुपमा त कोहीले राजनीतिक थलोको रुपमा र कोहीले प्रतिसोध साध्ने मेलोको रुपमा लिएकाले गुणस्तर खस्कदै गएको छ । त्यसैले समग्र क्याम्पसको सुधारका लागि केही न केही त गर्नैपर्छ । क्याम्पसमा होम सेन्टर हुदै आएकोमा सेन्टर बाहिर सार्नेदेखी भएको विधार्थीलाई नपढाई पार्टी कार्यकर्ता भर्ना गर्ने र योग्य प्राध्यापकहरुलाई म्याद थप नगरी अन्याय गर्ने लगायतको गतिविधिले समग्र इनरुवाबासीको आस्थाको केन्द्र सुनसरी बहुमुखी क्याम्पसमा मनोमानी गर्ने परिपाटी बढेकोले त्यसमा सुधारको माग सहित इनरुवा नगर शैक्षिक सुधार अभियानले ध्यानाकर्षण गराएको देखिन्छ ।
तत्काल देखिएका मुद्धाहरु:
१) क्याम्पसका संस्थापक श्यामप्रसाद गुप्ता सहित संस्थापक सहयोगीहरुको स्मारक बनाउनुपर्ने ,
२) प्राध्यापकहरुको म्याद थपमा विभेदकारी कदम फिर्ता लिई काम गर्दै आएको योग्य प्राध्यापकहरुको म्याद थप गरि पेशागत सुरक्षाको ग्यारेण्टी गर्नुपर्ने,
३) चिनजानको व्यक्ति तथा आफू अनुकुलका अडिटरबाट अडिट गराउने गरेकोले त्यसको पारदर्शितामा ध्यान दिनुपर्ने । साथै क्याम्पसको आयव्यय, क्याम्पसको चलअचल सम्पत्ति सार्वजनिक गर्नुपर्ने ।
४) क्याम्पसको विकासको लागि गुरु योजना निर्माण तथा सार्वजनिक गर्नुपर्ने ।
५) आरोपित र कक्षामा अनुशासनको पालन नगर्ने प्राध्यापकहरु माथी कार्वाही किन भएन ? तर विगत १० वर्षदेखि कार्यरत प्रध्यापकलाई कार्य मूल्यांकन नगरीकन अन्यायपूर्ण बर्खास्तको निणर्य सच्याउनुपर्ने ।
६) विना कारण एक जना प्राध्यापकलाई एकाएक जागिरबाट निकालिएको गुनासो छ, यदी सही हो भने त्यस्तो निणर्य फिर्ता लिई योग्य प्रध्यापकहरुको म्याद थप गरि श्रमको सम्मान र पेशागत सुरक्षाको ग्यारेण्टी गर्नुपर्ने
७) विगत र हालका व्यवस्थापन समितिको कार्यकालमा भएको निणर्यहरु सार्वजनिक गर्नुपर्ने । विगतमै मानबिकी संकाय के कती कारणले हटाईएको छ ?, यसको कारण सार्वजनिक गर्नुपर्ने ।
८) क्याम्पस अगाडि तरकारी बजारले गर्दा विद्यार्थीहरुलाई एकदमै अप्ठ्यारो भएकोले बाटो खाली गराउनुपर्ने ।
९) प्ल्स टु को कक्षामा शैक्षिक योग्यता नपुगेका शिक्षकहरुले पढाईरहेकोले त्यसता शिक्षक हटाउनुपर्ने ।
१०) सरकारी विद्यालयका शिक्षकहरुलाई प्राध्यापकको जिम्मेबारी दिएको र मावि तहको शिक्षालाई बिग्रार्ने प्रयास समेत क्याम्पसले गरेकाले त्यसको सर्वपक्षिय समिक्षा गर्नुपर्ने ।
११) क्याम्पसलाई मागि खाने भाडोको रुपमा प्रयोग नगर्न र शैक्षिक संस्थाको रुपमा विकास गर्नुपर्ने,
१२), विधार्थीहरुका लागि स्वच्छ खानेपानी, उचित खेलकुदको व्यवस्था गर्नुपर्ने, अतिरिक्त कृयाकपाल , अध्ययन तथा अवलोकन भ्रमणको व्यवस्था मिलाउनुपर्ने , परियोजना कार्य सहित सिक्दै सिकाउदै व्यवस्थित शैक्षिक वतावरणको रुपमा विकास गर्नुपर्ने ।
१३) विगतदेखी हालसम्म भएको शैक्षिक उपलब्धी तथा नतिजा विशलेषण गरी विषयगत रुपमा अवस्था विषेशण गरी राम्रो शिक्षकहरुलाई पुरस्कारको व्यवस्था गर्नुपर्ने ।,
१४) क्याम्पसमा विज्ञान संकायको शिक्षाका लागि पहल गर्नुपर्ने, क्याम्पसमा दण्ड र पुरस्कारको नीतिलाई कडाईको साथ कार्यान्वयन गर्नुपर्छ ।
१५) प्राध्यापकहरुलाई अनिर्वाय रुपमा त्रिभुवन विश्वविद्यालयले तोकेको पोसाक अनिर्वाय रुपमा लगाउनुपर्ने र उच्च शिक्षा दिने पेशालाई पनि ख्याल गर्नुपर्छ ।
१६) विज्ञ प्राध्यापक छनौट टोलीको माध्यमबाट मात्रै शिक्षक वा प्राधयपक राख्नुपर्ने र टिके प्रथाको अन्त्य गर्नुपर्छ ।
१७) शैक्षिक तालिम केन्द्रका रोस्टर शिक्षकहरु भएको, आधा दर्जन विद्यालयका प्रधानाक्यापकहरु र प्रअकै अनुभव प्राप्त गरेका प्राध्यापक भएपनि त्यसको कक्षामा प्रयोग खोई ? नतिजामा खोई त्यसको प्रभाव ?
१८) प्राध्यापक हो भनेर जुनियर देखी सिनियर विधार्थीहरुले सम्मान गरिदिदाँ विधार्थी माथि धोका दिने, कामचोर प्रवृतिका प्राध्यापको कक्षा अवलोकन, अनुमगन र विज्ञहरुको निरीक्षण खोई भएको ? यो प्रश्न साही हो की गलत भन्ने ठम्याउनका लागि पनि केही गर्नुपर्ने हो की होईन ?