Hamro Koshi Aawaj

शुक्रबार, असोज २ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

घरघरमा बालश्रम, सरकार छ र ?

रुषा थापा
मंसिर २ २०८१, आइतबार
घरघरमा बालश्रम, सरकार छ र ?

नेपाललाई बालश्रममुक्त देश घोषणा गरिएको छ । बालश्रम गराउने जोकोहीलाई कडा कारबाही हुने हाम्रो कानूनमा व्यवस्था छ । सरकारले १८ वर्षमुनि बालबालिकालाई जोखिमपूर्ण श्रमलाई लगाउन नपाउने भन्दै कानून निर्माण गरेको छ । विडम्बना, हामी कहाँ अहिले पनि बालश्रम कायमै छ ।
सरकार कानून बनाउँछ, तर अनुगमन गर्दैन । अनि कसरी नेपाल बालश्रममुक्त राष्ट्र भयो ? देशभर नै उमेर नपुगेका बालबालिकालाई जोखिमपूर्ण श्रममा लगाएको भेटिन्छ । हुने खानेहरुले गरिब, निमुखाका छोराछोरीहरुलाई खानाकै घरमा दिनभर काम लगाउँछन् । काम नगरेमा कुटपिटसँगै विभिन्न यातना दिइन्छ । यतिसम्म कि बेसाहारा बालबालिकालाई पाल्ने आश्वासनमा आफ्नो घरमा दिनरात काममा लगाइन्छ ।
बालिका, किशोरी भएमा त यौनधन्दा समेत लगाएको पाइन्छ । अनि गर्न नमानेमा घरमै बन्धकी बनाएर राख्ने, मानसिक र शारीरिक यातना दिनेजस्ता कार्य गरिन्छ । अहिले पनि होटल, रेस्टुरेन्ट, गेस्ट हाउस, यातायात क्षेत्रलगायतमा ६ वर्षदेखि १८ वर्ष नपुगेका बालबालिका काम गरिरहेको भेटिन्छन् ।
त्यो पनि बिहान–बेलुकाकै खानाको भरमा । गरिबका छोराछोरी आफ्नो पेट पाल्नकै निम्ति दिनरात नभनी सानै उमेरमा काम गर्न बाध्य भएका छन् । अनि कहाँ छ सरकार ? सरकार हरेक निःशुल्क शिक्षाको रटान लगाउँछ । तर, हामी कहाँ बालबालिका विद्यालयमा कम होटल, रेस्टुरेन्टमा बढी फेला पर्छन् ।
सानै उमेरमा काम गर्ने रहर कसैमा हुदैँन । यद्यपि, बाध्यता परेपछि के गर्नु ? आमाबुबा नभएपछि वा गरिबीका कारण उमेर नपुग्दै बालबालिकाहरु श्रमिक बन्ने गरेका छन् । अनि उनीहरुको मजबुरीको फाइदा सीमित व्यक्तिहरु उठाउँछन् । उद्योग, कलकारखानामा अहिले पनि दश वर्ष समेत नपुगेका बालबालिका काम गरेको भेटिन्छन् ।
ठुलो मान्छेले बोक्न नसक्ने बारी उनीहरु बोक्छन् । पसिना निकालेर दिनरात नै काम गर्छन् । तर, उनीहरुलाई नै साहुले शोषण गर्छन् । दिनरात काम लगाएपनि तलब गर्दैनन् । साहुविरुद्ध बोलेमा फेरि काम नै गुम्ने डर उनीहरुलाई हुन्छ । अहिले उपत्यकाका धेरै घरहरुमा बालबालिकाहरु नै श्रममा भेटिन्छन् । यहाँका घरधनीहरुले गाउँका गरिब परिवारका छोराछोरी आफ्नो घर ल्याएर दिनरात काममा लगाएको छ ।
घरधनीका छोराछोरीहरु महँगा बोर्डिङ स्कुल जान्छन् । अनि गरिबलाई छोराछोरीलाई भने तिनका बालबच्चाको झोला बोक्न लगाइन्छ । भाँडा माझ्नेदेखि घर सफा गर्ने, पुछ्ने, लुगा धुने, खाना पकाउने सबै काम लगाइन्छ । उनीहरुलाई शिक्षा दिइदैँन । न त तलब नै दिइन्छ । बिहान–बेलुकाको भातकै भरमा दिनरात काममा खटाइन्छ ।
यतिसम्म कि आफु कुकुर पाल्छन् । अनि दिसापिसाब सोहर्न भने त्यो बालबालिकालाई लगाउँछन् । यता, उमेर पुगेका महिला तथा बुढाबुढीलाई समेत मासिक तीन हजारदेखि पाँच हजार रुपैयाँ तलबमा दिनभर काम लगाइन्छ । न खाना दिइन्छ न बस्न नै । अनि काम चाँहि थोरै तलबमा लगाउनु लगाइन्छ ।
आफ्नो भित्री कपडा समेत धुन लगाउँछन् । आफुले खाएको भाडा, लगाएको कपडा धुदैँनन् । आफुले फोहोर पारेको शौचालय आफैं सफा गर्न सक्दैनन् । तर, शनिबार चाँहि कुचो बोकेर, हातमा पन्जा, मुखमा मास्क अनि टाउकोमा क्याप लगाएर नदीनाला र बाटो सफा गर्न निस्किछन् । त्यो पनि जनताले तिरेको करबाट किनिएको ।
आफ्नो घर सफा गर्न नसक्नेले नदीनाला र बाटो सफा गरेको सुहाउँछ ? यहाँसम्म कि सामान खरिदमा पनि भ्रष्टाचार गरिन्छ । एक सयको कुचो किनेर पाँच सयको बिल बनाउँछन् । सरसफाई गर्न आवश्यक हरेक सामग्रीमा कमिशन खान्छन् । अनि आफ्नो घरतिर लैजान्छन् । सफा गर्ने नाममा चर्चामा आउने काम मात्र गरिन्छ ।
कुचो बोकेर फोटो खिचेर फेसबुकमा हालिन्छ । अनि सरसफाई कार्यक्रम लेखिन्छ । यस्ता पनि व्यक्ति हुन्छन् है ? देखाउने दाँत एउटा, चपाउने दाँत अर्को । आफ्नो घरमा बालश्रम, श्रम शोषण गरिन्छ । अनि बाहिर आएर देशको सेवा गरेको देखाइन्छ । नौंटकी पनि कति जानेको होला । फेरि अघिपछि आफ्नो घरको फोहोर बाटोमा ल्याएर फाल्छन् ।
घरको छतमा ठुल्ठुला गमला राख्छन् । तर, त्यो गमला खसेमा बाटोमा हिँड्ने मानिस घाइते हुन्छन् भनेर सोच्दैनन् । वर्षा भएपछि छतमा जमेको पानी माथिबाटै फालिन्छ । त्यसबाट बाटोमा हिँड्ने मानिसलाई समस्या हुन्छ भनेर सोच्दैनन् । २०७० जेठ ५ गतेदेखि बागमती नदी सरसफाई अभियान सञ्चालन भइरहेको छ ।
यसबीचमा सरसफाईको नाममा जनताले तिरेको अर्बौ रकम सकिएको छ । तर, बागमती पहिल्यैभन्दा झन फोहोर र दुर्गन्धित बनेको छ । घुम्न हिँडेझैं चिटिक्क परेर उपत्यकाका हुनेखानेहरु हरेक शनिबार बागमती पुग्ने गरेका छन् । तैपनि सरसफाई गर्न । उनीहरु दिनभर सफाईको नाममा एकअर्काको फोटो खिच्छन् अनि फेसबुकमा हाल्छन् ।
अनि यस्तो पाराले पनि बागमती सरसफाई हुन्छ ? यीनीहरुले गरिब, निमुखालाई त ठगी नै रहेका छन् तर जनताले रगतपसिना बगाई कमाएर तिरेको करमा पनि मोजमस्ती गरिरहेका छन् । अझ सरकार पनि यस्तालाई नै सम्मान गर्छ । अहिले पनि शोषक, सामन्तीहरुले गरिब, अशिक्षितलाई शोषण र ठग्न छोडेका छन् ।
सेवा गर्ने नाममा उनीहरुको भ्रष्टाचार जारी नै छ । अहिले उपत्यकाभित्र तथा बाहिरी जिल्लाका घरधनीहरुको सम्पत्ति छानबिन गरेमा प्रायजसो भ्रष्टाचारी भेटिन्छन् । उनीहरु लुटेका छन् । सोझासाझा जनता र राज्य दुवैलाई । गरिबका छोराछोरीलाई श्रम शोषण गरेका छन् । जनताबाट चर्को भाडा असुलेका छन् अनि राज्यलाई राजस्व छलेका छन् ।
गरिबका छोराछोरीलाई पढाउने प्रलोभनमा ल्याएर दिनरात खाना समेत खान नदिई काम लगाउँछन् । अनि आफु चाँहि मोटाएर हात्ती जत्रो भएपछि बिहान मर्निङ वाकमा हिँड्छन् । यहाँ राजनीतिक दलका नेतादेखि कार्यकर्ता, सरकारी कर्मचारीहरुले समेत यस्तो गरिरहेको भेटिन्छ । गरिब, निमुखाका बालबच्चालाई पढाइदिने नाममा दिनरात काम दलाएका छन् ।
फेरि यीनीहरु नै बालश्रम, श्रम शोषणविरुद्ध लामो चौडा भाषण ठोक्छन् । सरकारले यस्ता व्यक्तिलाई कानूनी कारबाही गर्नुपर्छ । बालश्रममुक्त राष्ट्र घोषणा मात्र गर्ने होइन, कार्यान्वयन पनि गर्ने हो । गरिबको रगतपसिनामा कसैलाई पनि मोजमस्ती गर्ने अधिकार छैन ।

प्रकाशित मिति: मंसिर २ २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्

  • लोभ, अहंकार र प्रतिशोध: सामाजिक तथा संस्थागत विनाशका कारण

    -तोमनाथ उप्रेती मानव समाजको विकासलाई स्थिर, न्यायपूर्ण र विश्वसनीय बनाउने आधार नैतिक मूल्य, सामाजिक विश्वास र जिम्मेवार व्यवहार हुन्। जब व्यक्तिको सोच र व्यवहारमा लोभ,...

    • ३ दिन अगाडी
    • ७ मिनेट पाठ
  • धरानलाई नठगिने बजार बनाउन सकिन्छ !

    बेदप्रसाद सापकोटा, धरान उपमहानगरपालिका बजारलाई गुणस्तरीय, स्वच्छ, पारदर्शी र उपभोक्तामुखी बनाउन व्यवस्थित बजार अनुगमन अपरिहार्य छ । व्यवसायीलाई व्यावसायिक मर्यादा र कानुनको परिधिभित्र राख्न तथा...

    • ५ दिन अगाडी
    • ६ मिनेट पाठ
  • ग्याँस नपाउँदा कोठाभाडामा बस्ने भोकै !

    अहिले सबै नागरिकको गुनासो एउटै छ–ग्याँस पाइएन । ग्याँस नपाउँदा डेरामा बस्ने झनै समस्यामा परेका छन् । सरकारले २१ सय ६५ रुपैयाँ तोकेको ग्याँस...

    • ५ दिन अगाडी
    • ७ मिनेट पाठ
  • लोककल्याणकारी विज्ञापन कटौटीः छापा पत्रकारिता संकटमा

    सरकारले लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने निर्णय गरेपछि नेपाली छापा पत्रकारिता फेरि एकपटक गम्भीर संकटको मोडमा पुगेको छ । सरकारका लागि यो बजेट व्यवस्थापन,...

    • ५ दिन अगाडी
    • १२ मिनेट पाठ
  • झापातर्फ: जहाँ धरतीले हरियालीमा इतिहास लेख्छ

    -तोमनाथ उप्रेती पूर्वको क्षितिजतर्फ जाने यात्राहरूमा एउटा अनौठो आकर्षण हुन्छ। सूर्य त्यतैबाट उदाउँछ। उज्यालो पनि त्यतैबाट आउँछ। त्यसैले पूर्वको यात्रा सम्भावनातर्फको यात्रा पनि हुन्छ। यही...

    • ७ दिन अगाडी
    • १८ मिनेट पाठ
  • भोटेकोशी महाप्रलय बित्यासः अब पाठ सिकौं

    पछिल्लो समय बजारमा व्यापक चर्चा छ–काठमाडौं उपत्यका छिट्टै भासिन्छ । चिया पसलदेखि सार्वजनिक स्थलसम्म यही कुरा भइरहेको सुनिन्छ । यद्यपि, यो सत्य हो या...

    • १ हप्ता अगाडी
    • ६ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend