Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

हर्क साम्पाङको रित्तो गाग्रीभित्र लुकेको तथ्य

अनुषा थापा
माघ ११ २०८१, शुक्रबार
हर्क साम्पाङको रित्तो गाग्रीभित्र लुकेको तथ्य

धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङ्ग रित्तो गाग्री लिएर पानीको गुहार गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न आए । त्यसले नै नेपालमा पानी कतिको छेलोखेलो छ ? भन्ने पुष्टि हुन्छ । दोस्रो देश भनिएको छ तर पिउनकै लागि पानी छैन् । धरान पनि नेपालकै भूभाग हो ।
त्यहाँ बसोबास गर्ने पनि नेपाली नै हुन् । तर, प्रधानमन्त्री ओलीले उनलाई भेट्न समयमै दिएनन् । उनी प्रधानमन्त्रीलाई धरानबासीको कुरा नराखिकन फर्किनुपर्यो । पर्याप्त पानी पिउन पाउनु जनताको अधिकार हो । जनताले पर्याप्त पानी पाउनुपर्छ । विडम्बना, सरकारले जनतालाई पानीसमेत दिन सकेन् ।
पानीसमेत दिन नसक्ने सरकारबाट जनताले के अपेक्षा गर्नु ? जनता थोपाथोपा पानीका लागि लडिरहँदा देशका प्रधानमन्त्री केपी शर्मा ओली दिनको ७० हजार रुपेयाँको पानी पिउछन् । त्योपनि विदेशी । जनता ढल मिसिएको पानी पिउन बाध्य भनेर कहिलेकाँही समाचारहरु प्रकाशित भइरहेको हुन्छ ।
एक गाग्री पानी लिनका लागि घण्टौं हिँड्नुपर्ने बाध्यता अझैपनि छ । पिउनलाई समेत पानी छैन् भने नुहाउन, सरसफाई गर्न, खाना पकाउन, शौचालय जान, लुगा धुन कहाँबाट पानी ल्याउने ? देशका उच्च पदस्थहरु कहिले जनताको समस्या देख्दैनन् । देखेसुने पनि बुझ पचाउँछन् ।
जनताप्रति उनीहरु कहिले जिम्मेवार भएनन् । राज्यको ढुकुटी छँदै छ, स्वदेशी खाए नि विदेशी । सरकारले डाँडाकाडामा प्लानिङ गर्न स्वीकृति दियो । त्यहाँ घर बनाउन नक्सा पास पनि गरिदियो । त्यहाँ अस्तव्यस्त बस्ती बनाइयो । मान्छे बसेका छन् तर पानी छैन् । नक्सा पास दिएपछि पानी दिनुपर्छ कि पर्दैन् ?
राजश्वचाँहि लिने अनि पानीचाँहि नदिने ? अस्तव्यस्त बस्तीका कारण ढुङ्गेधाराहरु हराउँदै गयो । कुवाहरु संकटमा परेको छ । पहिलेपहिले आकाशबाट परेको पानी जमिनमा जान्थ्यो । त्यहीँ पानी कुवामा आउँथ्यो । तर, अहिले ढुंङगेधारा र कुवा विस्थापना भएको छ । जमिन सबै क्रक्रिट र कालोपत्रे बन्दा पानी जाने ठाउँ नै भएन् ।
विश्वमा नेपाल जलस्रोतको दोस्रो धनी मुलुकको रुपमा परिचित छ । तर, जलस्रोतकै दोस्रो धनी देशमा पानीको चरम हाहाकार छ । काठमाडौं उपत्यकाभित्र होस् या बाहिर, पानी पाउन महाभारत छ । जनताले पेटभर पानी पिउन पाउँदैन् । नुहाउनका लागि पानी पाउन निकै गाह्रो छ ।
विश्वमा नेपाल जलस्रोतको दोस्रो धनी मुलुकको रुपमा परिचित छ । तर, जलस्रोतकै दोस्रो धनी देशमा पानीको चरम हाहाकार छ । काठमाडौं उपत्यकाभित्र होस् या बाहिर, पानी पाउन महाभारत छ । जनताले पेटभर पानी पिउन पाउँदैन् । नुहाउनका लागि पानी पाउन निकै गाह्रो छ ।
यता, चुरे क्षेत्रमा डोजर चलाएर भताभुङ्ग बनाएको छ । चुरेबाट आउने पानी रोकिएको छ । जसका कारण मधेशमा व्यापक पानीको हाहाकार सिर्जना भएको छ । उनीहरुले पानी माग्दै केही समयअघि राजधानीको माइतीघर मण्डलामा प्रदर्शनसमेत गरेका थिए । पैदल हिँडेर मधेशबाट काठमाडौं छिरेका उनीहरुको समस्याको सुनुवाई सरकारले गरेन् ।
उनीहरुले बाल्टिनसहित प्रदर्शन गरे । सरकारले आश्वासन दियो, पठायो । नेपालमा खोलानाला धेरै छन् । तर, बढ्दो जनसंख्या र अव्यवस्थित बस्तीका कारण खोलानाला प्रदूषित हुँदै गएको छ । घरघरबाट निस्किएको ढल खोलानालामा लगेर मिसाइएको छ । जसका कारण त्यहाँको पानी प्रयोग गर्न अयोग्य भएको छ ।
काठमाडौं उपत्यकाभित्र भएको बागमती, हनुमन्ते, मनोहरा खोलाको वरपर हिँड्नसमेत सकिँदैन् । उपत्यकामा पानीको हाहाकार भएपछि मेलम्चीबाट पानी ल्याउनुपरेको छ । त्योपनि बाह्रैमास आउँदैन् । मेलम्चीको पानी अहिलेपनि घरघरमा पुग्न सकेको छैन् । कतै पुगेको छ, कतै छैन् ।
सरकार पहिले गर्ने अनि पछि सोच्ने खालको भयो । योजना बनाएर दीर्घकालीन रुपमा गरिएको कामहरु कमै होलान् । घर बनाउन दियो, पानी छैन् । पानी नभएको ठाउँमा नक्सा पास गर्न दिने हो ? मान्छे बसेपछि पानी चाहिन्छ ? भन्ने कुरा त सरकारलाई थाहा थियो होला ।
तरपनि, बेवास्ता गरियो । घरघरमा धारा जोडिएको छ तर पानीको थोपा चुहिँदैन् । जताततै घर बनेको छ, मान्छे बसेका छन् तर पानी छैन् । ट्याङ्करको पानी किनेर कहिलेसम्म चल्छ ? एक ट्याङ्कर पानीको २५ सयदेखि पाँच हजार रुपैयाँसम्म पर्छ । एक जार पानीको ६० देखि ८० रुपैयाँसम्म पर्छ ।
एक बोतल मिनिरल वाटरको २० देखि ३० रुपैयाँ पर्छ । पैसा हुनेले त किनेर खाला, नहुनेले के गर्ने ? खाने पानी नभएकै देशलाई कुन आधारमा जलस्रोतको धनी देश भन्ने ? अब कृषि प्रधान देश र जलस्रोतको धनी देशको नारा फेर्न आवश्यक भइसकेको छ । यी नाराका कारण नेपाल विश्वमै हाँसोको पात्र बनेको छ ।
कृषि प्रधान देश भनेको छ, छिमेकीले खाद्य पठाएन् भने भोकभोकै मर्नुपर्छ । जलस्रोतको धनी देश भनेको छ, पिउने पानी नै छैन् । विश्वमा आफूलाई रमिता बनाउनुभन्दा सरकार आफैं सचेत भएको राम्रो । नेतृत्वसँग भिजन नहुँदा अन्कन्टार बनेको गाउँघरको खोलानालामा बगेको पानी त्यतिकै खेर गएको छ ।
धाराको पानीहरु ब्गिरहेको छ । शहर र जिल्लाको सदरमुकाममा चाँहि पानीको थोपा पनि छैन् । यो अवस्थामा पुर्याउने को ? सरकार होइन् ? भिजन नभएको नेता हुँदा देश यस्तो बनेको होइन् ? नेतासँग भिजन हुन्छ । नेताले आफ्ना जनताको हितको बारेमा सोच्छ । तर, नेपालका नेताहरु ठ्याक्कै विपरीत भए ।
आफू मोजमस्ती गर्न पाउँदैमा उनीहरु मख्ख छन् । गाउँघर रित्तिनुमा नेताहरुको ठूलो हात छ । गाउँमै रोजगारी सिर्जना गरिदिएको भए, आज गाउँमा बाँदर र बदेलको राज हुँदैन्थ्यो । आफ्नो गाउँठाउँमा बसेर जनता रमाउन पाउँथे । अहिले झार उम्रिएका जमिनहरुमा अन्न्बाली हुन्थ्यो ।
शहर र सदरमुकाममा अव्यवस्थित बस्ती हुँदैन्थ्यो । शहरमा दुई गाग्री पानी थाप्नका लागि राति एक बजे उठ्नुपर्ने बाध्यता छ । हप्तामा एक दिन पानी आउँछ, त्यही दुई गाग्रीले भएपनि चित्त बुझाउनुपर्छ । उपत्यकाभित्र ६३४ वटा ढुङ्गेधारा थियो । सयौंको संख्यामा कुवा थियो ।
सबै मासियो । अहिले कतै ढुङ्गेधारा र कुवा देखिँदैन् । यिनीहरु अब इतिहास बनिसके । सरकारले संरक्षणमा चासो नदेखाउँदा भावी पुस्ताले ढुङ्गेधारा र कुवा देख्न नपाउने भए । कर लिनेका लागि सरकारले गरेको अव्यवस्थित भौतिक पूर्वाधार निर्माणले भविष्यमा झन् धेरै क्षति पुर्याउने निश्चय नै छ ।
अहिले पानी सुनजस्तै भइसकेको छ । पहिलेपहिले बुढापाकाले भन्थें,‘पानी दियो भने धर्म हुन्छ ।’ घरमा आएको मान्छेलाई अरु केही दिन नसकेपनि पानी दिनु भनिन्थ्यो । तर, पानीको हाहाकारले होला, कसैले पानी नै दिन्नन् । बाटोमा हिँड्दा या कतै जाँदा तिर्खा लाग्यो भने मिनिरल वाटर किन्नुपर्छ ।
पैसा भएन् भने तिर्खा खपेर हिँड्नुपर्छ । होटलहरुमा पछिल्लो समय पानी पनि राख्न छोडिएको छ । बोतलको पानी किन्नैपर्छ । खोलानाला फोहोर भयो भने पानीको हाहाकार हुन्छ भन्ने कुरा कहिले नेतृत्वले सोचेनन् । आफ्ना कार्यकर्तालाई खोलाको छेउछाउ राखे । सुकुम्बासीको नाममा हुकुम्बासीले खोलानाला कब्जा गरे ।
उनीहरुले खोलानाला फोहोर पारे । खोलानाला पुरै कालो छ । मान्छेले त के, गाईवस्तु र पशुपंक्षीले समेत त्यो पानी पिउन सक्दैनन् । नेपालीमा एउटा चर्चित उखान छ,‘बाँदरले आएको घर पनि बनाउँदैन्, अर्काको पनि भत्काउँछ ।’ ओली, प्रचण्ड, शेरबहादुर देउवा, माधव नेपाललगायतका नेताहरु देशको लागि ‘बाँदर’ नै भए ।
नेपाल खोक्रो भइसकेको छ । जनता आफूलाई नेपाली भन्छन् । तर, हरेक कुरा अन्य देशबाट आयात गर्नुपर्छ । केही वर्षपछि पानी पनि आयात गर्नुपर्ने हुन सक्ला । त्यसैले अब हामी नेपाली भनेर गर्व नगर्दा पनि हुन्छ । गर्व गर्नलाई आफू आत्मनिर्भर हुनु पर्दैन् र ?

प्रकाशित मिति: माघ ११ २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

  • धरानको विजयपुरः ‘माल पाएर चाल नपाएको’ ठाउँ

    -राजकुमार दिक्पाल केही सातादेखि ऐतिहासिक विजयपुर क्षेत्रलाई लिएर विवाद चर्किएको छ। स्वस्थ बहस र समाधानतर्फ अघि बढ्नुपर्ने विवाद झन् जटिल बन्दै गएको छ। सम्बन्धित पक्षहरूले...

    • ३ घण्टा अगाडी
    • ७ मिनेट पाठ
  • सुनसरीको बसपार्कबाट प्रहरीले खोजीखोजी समात्यो

    धरानः सुनसरीको इनरुवाबाट प्रहरीले लागूऔषधसहित पक्राउ गरेको छ । इनरुवा–४ बसपार्कमा प्रहरीले खोजीखोजी युवालाई पक्राउ गरेको हो । पूर्व–पश्चिम राजमार्गमा जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी...

    • ४ दिन अगाडी
    • २ मिनेट पाठ
  • श्रमदानको ओज

    -बैकुण्ठ दाहाल नेपालको राजनीतिक इतिहासमा धेरै दलहरू स्थापना भए, धेरै नाराहरू उठे, तर आम नागरिकले चाहेको सुशासन, उत्पादनमुखी अर्थतन्त्र र श्रमको सम्मान अझै पनि पूर्णरूपमा...

    • ५ दिन अगाडी
    • ३ मिनेट पाठ
  • धरानमा जसले गरिन् मानवको जस्तै ‘कुकुर साथी’ को अन्त्येष्टि

    धरानः मानिसको सबैभन्दा पुरानो साथी हो कुकुर । धेरै मानिसले आफ्नो पुरानो साथीलाई सडकमा धपाइदिन्छन् तर धरानमा ‘कुकुर साथी’ हो भन्ने कुरा भित्री मनदेखि...

    • ५ दिन अगाडी
    • ७ मिनेट पाठ
  • डिग्री पास छ तर सर्वसाधारणले पाउँदैनन् जागिर

    जताततै भूपू कर्मचारीको बिगबिगी धरानः सरकारी कार्यालयमा सरकारले प्राइभेट कम्पनीबाट गार्ड नियुक्त गरेको हुन्छ । यता, स्थानीय पालिकाले नगरप्रहरी राखेको हुन्छ । बैंक तथा वित्तिय...

    • ७ दिन अगाडी
    • ६ मिनेट पाठ
  • धरानमा सवारी चालक प्रशिक्षण केन्द्र बन्ने

    धरानः धरान उपमहानगरपालिकामा सुविधासम्पन्न सवारी चालक प्रशिक्षण केन्द्र (ट्रायल सेन्टर) बन्ने भएको छ । ट्रायल सेन्टर बनेसँगै धरानबासी इटहरी पुग्नुपर्ने बाध्यता हट्नेछ । धरान उपमहानगरपालिकाको...

    • ७ दिन अगाडी
    • २ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend