Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

अन्ततः सुनसरीमा अपहरणमा परेकी ७ वर्षीया बालिकालाई कोशी ब्यारेजबाट सकुशल उद्धार

हाम्रो कोशी आवाज
चैत्र २१ २०८१, बिहिबार
अन्ततः सुनसरीमा अपहरणमा परेकी ७ वर्षीया बालिकालाई कोशी ब्यारेजबाट सकुशल उद्धार

धरानः सुनसरीको कोशी गाउँपालिका–७ मुसहरी टोलकी ७ वर्षीया बालिकाको कोशी ब्यारेजबाट सकुशल उद्धार गरिएको छ ।
कोशी ब्यारेजबाट प्रहरीले सकुशल उद्धार गरेर ल्याइसकिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी योगराज खतिवडाले जानकारी दिए । बुधबार दिउँसो साढे १ बजे आफ्नै घरबाट अपहरणमा परेकी उनको सकुशल उद्धारसागै आरोपीलाई समेत पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा सप्तरी कञ्चननरूप नगरपालिका–१२ धरमपुरका ३१ वषीय जितुवा भन्ने जितेन्द्र साह (हलुवाई) छन् । बिहीबार दिउँसो कोशी पुलमा बालिकासहित जितेन्द्रलाई नियन्त्रणमा लिन सफल भएको प्रहरीको भनाइ छ ।
प्रहरीले सीसी क्यामेरा अध्ययनपछि उनलाई पक्राउ गर्न सफल भएको दावी गरेको छ ।
प्रहरीले ललाइफकाइ बालिका लिई फरार भएकोले उनको खोजी कार्य तीब्र बनाइएको थियो । घर अगाडि खेल्ने क्रममा उनले सिटी सफारी चढाइ अपहरण गरी लगेका थिए । बेला बेलामा सदाको घरमा आइरहने नाम, थर, वतन गाउँलेले समेत कसैलाई थाहा नभएको ती व्यक्ति घर आएर केहीबेर बसेको र बालिकालाई लिएर हिँडेको पाइएको प्रहरीले जनाएको छ ।
डिएसपी खतिवडाको कमाण्डमा ९ सदस्यीय अनुसन्धान टोली गठन गरी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट समेत टोली परिचालन भई भारतीय प्रहरीसँग समन्वय गरी उनी जान सक्ने सम्भावित स्थानको पहिचान गर्न प्रहरी लागेको थियो । उनले किन बालिका लिएर हिँडे भन्नेबारेमा केही खुल्न नसकेको र उनीमाथि थप सोधपुछ, अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: चैत्र २१ २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend