Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

एसईईको नतिजा आयो, कति विद्यार्थी पास भए ? कति विद्यार्थीले कुन जीपीए ल्याए ?

हाम्रो कोशी आवाज
असार १३ २०८२, शुक्रबार
एसईईको नतिजा आयो, कति विद्यार्थी पास भए ? कति विद्यार्थीले कुन जीपीए ल्याए ?

धरानः एसईईमा ६१.८१ प्रतिशत विद्यार्थी परीक्षार्थी उत्तीर्ण भएका छन् । माध्यमिक परीक्षा (एसइई)-२०८१ को नतिजा सार्वजनिक भएको छ।
शुक्रबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले शुक्रबार साँझ नतिजा सार्वजनिक गरेको हो। नतिजाअनुसार, ३.६ देखि ४ सम्म ४८१७७ जना, जिपिए ३.२ देखि ३.६ सम्म ८१३८५ जना, जिपिए २.८ देखि ३.२ सम्म ८९१२४ जना, जिपिए २.४ देखि २.८ सम्म ४८४७९ जना, जिपिए २.० देखि २.४ सम्म ४१२६ जना, जिपिए १.६ देखि २.० सम्म ८ जना वर्गीकृत भएका छन् ।
१२६ जना परीक्षार्थीको परीक्षा रद्द गरिएको छ ।
नियमित परीक्षामा ४ लाख ३८ हजार ८ सय ९६ जना विद्यार्थीमध्ये ४८ हजार १ सय ७७ ले ३.६ देखि ४ जिपिए ल्याएका छन्। ३.२ देखि ३.६ जिपिए ल्याउने परीक्षार्थीको संख्या ८१ हजार ३ सय ८५ जना रहेको परीक्षा बोर्डले जनाएको छ।
एसइई गत चैतमा भएको थियो।
परीक्षार्थीले बोर्डको वेबसाइट https://www.neb.gov.np/ बाट एसइईको नतिजा हेर्न सक्छन्। यस्तै, ल्यान्डलाइन वा मोबाइल फोनबाट १६०० डायल गरी प्राप्त निर्देशनअनुसार सिम्बोल नम्बर राखेर पनि हेर्न सकिन्छ।

नन ग्रेड भएका विद्यार्थीहरूले साउनको २९ गतेदेखि मौका परीक्षा दिन पाउने भएका छन् । परीक्षा बोर्डले यस वर्षकोएसईईको नतिजा सार्वजनिक गर्दै नन ग्रेडड विद्यार्थीहरूले २९ साउनदेखि मौका परीक्षा दिन पाउने जनाएको हो । नतिजा गत वर्षभन्दा सुधार भएको छ । पोहोर ४७ दशमलब ८६ प्रतिशतमात्रै विद्यार्थी उत्तीर्ण भएकोमा अहिले त्यो संख्या बढेर ६१.८१ पुगेको छ । यसअनुसार गत वर्षभन्दा अहिले १३.९५ प्रतिशतले एसईईको नतिजा सुधार भएको हो ।

प्रकाशित मिति: असार १३ २०८२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend