धरानः २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । परीक्षा नियन्त्रण कार्यालय–कक्षा १०, राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार नतिजा सार्वजनिक गरेको हो ।
जम्मा ४ लाख ३८ हजार ८९६ विद्यार्थी परीक्षामा सहभागी भएका थिए । तीमध्ये २ लाख ७१ हजार २९९ विद्यार्थी उत्तीर्ण भएका छन् । उत्तीर्ण विद्यार्थीलाई ग्रेडिङ प्रणालीअनुसार विभिन्न श्रेणीमा वर्गीकृत गरिएको छ ।
राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १०ले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशित गरेको छ। शुक्रबार साँझ बोर्ड बैठकपछि परीक्षाफल सार्वजनिक भएको हो।
गत वर्षको चैत ७ गतेदेखि सुरु भएको एसईईमा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए। जसमा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ जना थिए।
यस वर्ष ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडमा समावेश भएका छन्। यो संख्या गत वर्षको तुलनामा झन्डै १४ प्रतिशतले बढी हो। हामीले यहाँ ग्रेडमा समावेश विद्यार्थीहरूको प्रदेशगत विवरण पेस गरेका छौँ।
जीपीए ३.६० देखि ४ ल्याउनेको संख्या कुन प्रदेशमा कति ?
कोशी : जीपीए ३.६० देखि ४ ल्याउनेको संख्या– ६,२५८ जना
मधेश : जीपीए ३.६० देखि ४ ल्याउनेको संख्या– ४,१३८ जना
बागमती : जीपीए ३.६० देखि ४ ल्याउनेको संख्या– २३,७८२ जना
गण्डकी : जीपीए ३.६० देखि ४ ल्याउनेको संख्या– ४,८९५ जना
लुम्बिनी : जीपीए ३.६० देखि ४ ल्याउनेको संख्या– ६,७५४ जना
कर्णाली : जीपीए ३.६० देखि ४ ल्याउनेको संख्या– १,१३१ जना
सुदूरपश्चिम : जीपीए ३.६० देखि ४ ल्याउनेको संख्या– १,२१९ जना
कति विद्यार्थीको कति जीपीए ?
३.६ देखि ४ जीपीए ल्याउने ४८ हजार १७७
३.२ देखि ३.६ जीपीए ल्याउने ८१ हजार ३८५
२.८ देखि ३.२ जीपीए ल्याउने ८९ हजार १२४
२.४ देखि २.८ जीपीए लयाउने ४८ हजार ४७९
२ देखि २.४ जीपीए ल्याउने ४ हजार १२६
१.६ देखि २ जीपीए ल्याउने ८ जना
परीक्षा रद्द भएका १२६
अवर्गीकृत परीक्षार्थीको संख्या-१ लाख ६७ हजार ५९७