Hamro Koshi Aawaj

बिहिबार, असोज १ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

मिटरब्याजको चंगुलमा जनता, समात्ने होइन गृहमन्त्रीज्यू ?

हाम्रो कोशी आवाज
असार २४ २०८३, बुधबार
मिटरब्याजको चंगुलमा जनता, समात्ने होइन गृहमन्त्रीज्यू ?

अहिलेपनि जनता विभिन्न माध्यमबाट ठगीको शिकार बनिरहेका छन् । मीटरब्याजीहरुको चंगुलमा परिरहेका छन् । बैंकले कर्जा नदिँदा व्यक्तिहरु मीटरब्याजीका बाध्य भएर पुगिरहेका छन् । धितो भएतापनि बैंकले आम्दानी नभईकन ऋण दिँदैन । तर, मीटरब्याजीहरुले ऋणीबाटै लिएको धितो राखेर करोडौं पैसा बैंकबाट निकालिरहेका छन् ।
त्यो पैसा सोझासोझी जनतालाई लगाइरहेका छन् । चार करोड पर्ने धितो आफ्नो पास गरेर मीटरब्याजीहरुले पैसा खाँचो परेकालाई एक करोड दिन्छन् । एक करोड एक वर्ष दिन्छु भनि तमसुक गर्छन् । त्यो धितो राखेर मीटरब्याजी बैंकबाट पैसा निकाल्छन् र मीटरब्याजमा लगाउँछन् । यता, ती व्यक्तिलाई बाँकी भएको एक करोड रुपैयाँ पनि दिँदैनन् ।
एक करोडमै चार करोडको धितो खाइदिन्छन् । पैसा नभएकाले पीडितहरुले मुद्दा मामिला पनि गर्न सकिरहेका छैनन् । मीटरब्याजीको गिरोह पछिल्लो समय सक्रिय भएको छ । उनीहरुले मीटरब्याजमा पैसा लगाउन नयाँनयाँ माध्यमको खोजी गरिरहेका छन् । अहिले बजारमा एउटा नयाँ ट्रेण्ड आएको छ ।
व्यापारीहरुलाई एक लाख रुपैयाँ ऋण दिने र दिनको १२ सय ५० ले ९५ दिन निरन्तर असुल्ने । यस्ता गिरोहहरु मोटरसाइकल र स्कुटरमा आउँछन् । एक दिन पनि किस्ता तिर्न सकेन भने थप ब्याज जोड्छन् । व्यापारीहरुले यसरी पैसा लिइरहेका छन् ।
कानुनले कसैलाई पनि १० प्रतिशतभन्दा बढी ब्याजमा ऋण लगानी गर्न नमिल्ने व्यवस्था गरेको छ । तर, मीटरब्याजीहरुले व्यापारीहरुलाई चर्को ब्याजमा पैसा लगाइरहेका छन् । बालेन सरकारमा गृहमन्त्री सुधन गुरुङ्ग छन् । घटना थाहा नभएका गुरुङ विभिन्न जिल्ला पुग्छन् ।
जनता घर न घाटको बनिरहेका छन्, सरकार अञ्जान छ । आफू बसिरहने ठाउँको घटना नहुनेले नाकाको एकछिन निरीक्षणबाट के पत्ता लगाउँछ ? सहकारी डुब्दा मीटरब्याजीहरुको व्यवसाय फस्टाएको छ । पहिले पैसा चाहिएकाहरुले सहकारीबाट पैसा लिन्थें । जमानीकर्ता भएपछि सहकारीले पैसा दिन्थ्यो ।
तर, बैंकले दिँदैन । धितो भएपनि बिजनेश, जागिर नभएकालाई बैंकले कर्जा प्रवाह गर्दैन । जसले गर्दा सर्वसाधारण मीटरब्याजीसँग ठोक्किरहेका छन् । आफ्नो धितो नै पास गरेर उनीहरुले पैसा लिइरहेका छन् । अन्य मुलुकमा सहजै ऋण दिइन्छ । सरकारले नागरिकताको भरमा घरजग्गा, मोबाइल, ल्यापटप किन्न, व्यापार व्यवसाय गर्न ऋण दिन्छ ।
तर, नेपालमा त्यस्तो छैन । धितो भएपनि आम्दानी नभईकन ऋण दिइँदैन । नागरिकताको भरमा त कुरै नगरौं । अनि कसरी हुन्छ, अर्थतन्त्र चलायमान । विदेशी मुलुकले काम पनि दिन्छ, ऋण पनि । काम गर्दै जनताले ऋण तिर्छन् । कुनै व्यक्तिले मसँग बिजनेश गर्ने आइडिया छ भन्दापनि बैंकले ऋण दिँदैन ।
जसका कारण सर्वसाधारण मीटरब्याजीका पुगिरहेका छन् । बैंकले सहजै ऋण दिने हो भने को मीटरब्याजीकहाँ जान्थ्यो ? सरकारले सरकारी निकायबाट प्राप्त कागजातका आधारमा ऋण दिनुपर्ने व्यवस्था गर्नुपर्थ्यो । सरकारले त्यति गर्दिएको भए, जनता किन मीटरब्याजीको चंगुलमा फस्थें ? अहिले किन न्याय माग्दै सडकमा आउँथे ? मीटरब्याजका कारण धेरै सुकुम्बासी बनेका छन् । यो त राज्यले पनि देखेकै होला । पटकपटक मीटरब्याज पीडित सडकमा उत्रिसकेका छन् । तैपनि, राज्य अध्ययन गर्दैन । जनता किन मीटरब्याजीकहाँ पुगिरहेका छन् ? बैंकमा पैसा किन थुप्रिरहेको छ ?
राज्यले खोज्दैन । राज्यले कागजातका आधारमा ऋण दिने व्यवस्था मिलाउने हो भने कतिले ऋण लिन्छन् ? त्यसले राज्यलाई कति फाइदा हुन्छ ? एक जनाले व्यापार गर्दा राज्यलाई ठाउँ ठाउँमा कर आउँछ । स्थानीय पालिकामा दर्ता गर्दा राज्यकै ढुकुटीमा पैसा जान्छ । राजश्व कार्यालयमा दर्ता हुँदा त्यहाँ पनि राजश्व नै आयो ।
तर, सरकारसँग बिजनेश प्लान नै छैन । सस्तो ब्याजमा पाएपछि सामानको भाउ पनि घट्छ । यसले राहत जनतालाई हुन्छ । अहिले व्यापारीहरुले चर्को ब्याजमा ऋण लिइरहेका छन् । त्यो पैसा उनीहरुले सामानमा जोडेर ग्राहकसँग उठाइरहेका छन् । जसले गर्दा ग्राहक मर्कामा परेको अवस्था छ ।
अहिलेका अर्थमन्त्री अर्थविज्ञ हुन् । तर, उनले पनि अर्थतन्त्र चलायमान बनाउन सकेनन् । सरकारसँग योजना नै भएन । अर्थमन्त्री डा स्वर्णिम वाग्ले र नेपाल राष्ट्र बैंकका गर्भनर विश्व पौडेलले बिजनेश प्लान ल्याउन सकेनन् । यता, गृहमन्त्रीले पनि मीटरब्याजीहरुलाई समात्न पहल गरेनन् ।
केही मीटरब्याजीलाई समात्ने हो भने अरु त डराइहाल्छन् । अहिले प्रहरी र अदालतमा लेनदेन र बैंकिङ्ग कसुरको मुद्दा व्यापक छ । कारण हो–पैसा नपाउनु । चेक दिन्छन् तर सटही हुँदैन । तमसुक गर्छन् तर पैसा दिँदैनन् । त्यसैले मुद्दा हाल्नेहरु बढेका हुन् । जनता जति नै शिक्षित भएपनि बाध्यताको अगाडि केही लाग्दैन ।
हातमा डिग्री भएर के गर्ने, जागिर छैन । व्यापार व्यवसायमा थप लगानी गर्ने पैसा छैन । अनि उनीहरु बाध्य भएर मीटरब्याजीकहाँ पुग्छन् । पढेकै मान्छे पीडित बनो थुप्रै उदाहरण छन् । मीटरब्याज कारण लाखौं जनताको घरबास उजाडिएको छ । साहुले सम्पत्ति खाइदिँदा जनता सडकमा आइपुगेका छन् ।
कतिपयले आत्महत्या गरेका छन् । कोही मानसिक रोगको शिकार बनेका छन् । जनता पीडित छन् तर राज्य देख्दैन । बैंकले सर्वसाधारणबाट पनि बचत लिन्छ । मकै पोल्ने, साग बेच्ने, घरायसी काम गर्नेको पनि पैसा लिने अनि कर्जा दिने बेलामा चाँहि पूँजीपति खोज्ने ? आम्दानी भएकालाई मात्र कर्जा दिने ?
यो भेदभाव गर्ने ? जनताबीच भेदभाव गर्ने बैंकलाई कारबाही हुनुपर्ने कि नपर्ने ? उपत्यकाभित्रै एक लाखको महिनाको पाँचदेखि ३० हजार ब्याजमा ऋण दिनेहरु यत्तिकै भेटिन्छन् । यस्ता व्यक्तिहरुलाई पनि सरकारले कारबाही गर्न सकेको छैन । उपत्यकाभित्र त यस्तो छ भने बाहिरको हालत के होला ?
सरकारी सेवाबाट अवकाश भएका, बहालरत रहेका, सुन पसले, व्यापारीहरुले मीटरब्याजमा पैसा लगानी गरेका छन् । बाठाटाठाले सर्वसाधारणलाई दिँउसै लुटेको छ । उनीहरुको सम्पत्ति खाइदिएको छ । तर, राज्य देख्दैन । राज्य मासिक यति घरजग्गा नामसारी भयो भनेर मख्ख पर्छ ।
तर, किन पास भयो ? कतै जनताको सम्पत्ति लुटिएको त छैन ? राज्य खोज्दैन । मीटरब्याज पीडितहरुले महिनौं माइतीघर मण्डलामा आन्दोलन गरयो । यद्यपि, राज्यले सुनेन ।

प्रकाशित मिति: असार २४ २०८३, बुधबार

प्रतिक्रिया दिनुहोस्

  • लोभ, अहंकार र प्रतिशोध: सामाजिक तथा संस्थागत विनाशका कारण

    -तोमनाथ उप्रेती मानव समाजको विकासलाई स्थिर, न्यायपूर्ण र विश्वसनीय बनाउने आधार नैतिक मूल्य, सामाजिक विश्वास र जिम्मेवार व्यवहार हुन्। जब व्यक्तिको सोच र व्यवहारमा लोभ,...

    • ३ दिन अगाडी
    • ७ मिनेट पाठ
  • धरानलाई नठगिने बजार बनाउन सकिन्छ !

    बेदप्रसाद सापकोटा, धरान उपमहानगरपालिका बजारलाई गुणस्तरीय, स्वच्छ, पारदर्शी र उपभोक्तामुखी बनाउन व्यवस्थित बजार अनुगमन अपरिहार्य छ । व्यवसायीलाई व्यावसायिक मर्यादा र कानुनको परिधिभित्र राख्न तथा...

    • ४ दिन अगाडी
    • ६ मिनेट पाठ
  • ग्याँस नपाउँदा कोठाभाडामा बस्ने भोकै !

    अहिले सबै नागरिकको गुनासो एउटै छ–ग्याँस पाइएन । ग्याँस नपाउँदा डेरामा बस्ने झनै समस्यामा परेका छन् । सरकारले २१ सय ६५ रुपैयाँ तोकेको ग्याँस...

    • ५ दिन अगाडी
    • ७ मिनेट पाठ
  • लोककल्याणकारी विज्ञापन कटौटीः छापा पत्रकारिता संकटमा

    सरकारले लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने निर्णय गरेपछि नेपाली छापा पत्रकारिता फेरि एकपटक गम्भीर संकटको मोडमा पुगेको छ । सरकारका लागि यो बजेट व्यवस्थापन,...

    • ५ दिन अगाडी
    • १२ मिनेट पाठ
  • झापातर्फ: जहाँ धरतीले हरियालीमा इतिहास लेख्छ

    -तोमनाथ उप्रेती पूर्वको क्षितिजतर्फ जाने यात्राहरूमा एउटा अनौठो आकर्षण हुन्छ। सूर्य त्यतैबाट उदाउँछ। उज्यालो पनि त्यतैबाट आउँछ। त्यसैले पूर्वको यात्रा सम्भावनातर्फको यात्रा पनि हुन्छ। यही...

    • ७ दिन अगाडी
    • १८ मिनेट पाठ
  • भोटेकोशी महाप्रलय बित्यासः अब पाठ सिकौं

    पछिल्लो समय बजारमा व्यापक चर्चा छ–काठमाडौं उपत्यका छिट्टै भासिन्छ । चिया पसलदेखि सार्वजनिक स्थलसम्म यही कुरा भइरहेको सुनिन्छ । यद्यपि, यो सत्य हो या...

    • १ हप्ता अगाडी
    • ६ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend