Hamro Koshi Aawaj

सोमबार, असोज ५ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

नेपालमा भीषण वर्षाको सम्भावना

हाम्रो कोशी आवाज
असोज ४ २०८३, आइतबार
नेपालमा भीषण वर्षाको सम्भावना

धरानः असोज ८ देखि ११ गतेसम्म भीषण वर्षाको सम्भावना रहेको मौसमविद्ले जनाएका छन् ।
बंगालको खाडीमा विकसित ‘अर्नब’ नामक चक्रवात र यही समय बिकसित अन्य मौसमीप्रणालीलाई हाल उपलब्ध प्राय: सबै मोडेलहरुबाट नाप्दा अवस्था भयाववह देखिने मौसमविद् उज्ज्वल उपाध्याय बताउँछन् ।
१० गते सबैभन्दा ठूलो जोखिम हुनसक्ने देखिने उपाध्याय बताउँछन् । सुदूरपश्चिम बाहेकाका क्षेत्रमा लामो दूरीको यात्रा स्थगन गर्नु उपयुक्त हुने उनको भनाइ छ ।
२०८२ कात्तिक महिनामा पनि अति शक्तिशाली मानिएको ‘मोन्था चक्रवात’ले भारतीय पूर्वी-समुद्रीतटमा भीषणक्षती गरे पनि नेपाल आइपुग्दासम्म कमजोर भएर न्युनचापीय प्रणालीमा रुपान्तरण भई अनुमानितभन्दा क्षती धेरैकम भएको थियो ।
बंगालको खाडीबाट आउने न्यूनचापीय प्रणालीलाई त्यसले धेरै पर धकेलिन नदिने कारणले नेपालमा भारी वर्षा हुन सक्ने उनको ठम्याइ छ ।
“बंगालको खाडीबाट आउने न्यूनचापीय प्रणालीलाई त्यसले रोक्ने हुँदा त्यो नेपालतिर आएर सबैभन्दा धेरै वर्षा गराउने देखिन्छ,” उनले भनेका छन् ।

प्रकाशित मिति: असोज ४ २०८३, आइतबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend