Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

ज्वरोः हेलचेक्र्याइँ नगरौं

हाम्रो कोशी आवाज
असार ६ २०७७, शनिबार
ज्वरोः हेलचेक्र्याइँ नगरौं

नुनपानीको जीउ सधैं सञ्चो र एकै नास कसैलाई कहिल्यै पनि हुँदैन । रोगको अनुभव बच्चादेखि पाकासम्म जो कसैले पनि सँगालेको हुन्छ । त्यसमा पनि ज्वरो त सबैले सुन्दै, जान्दै र भोग्दै आएको रोग हो । सुन्दा सामान्य लागे पनि हेलचेत्र्mयाइँ गर्दा यसले धेरैलाई अस्पताल पठाएको हुन्छ । हुन त ज्वरो आपैंm रोग नभएर एउटा लक्षणमात्र हो । त्यसैले, प्रायः जसो रोगहरुमा अति साझा लक्षण पनि हो ।
चाहे गाउँघरतिर भनिने छेहे (ज्वरो आउने, खान नरुच्ने, कमजोर हुने रोग), कुफत, रुघाखोकी वा आँठे होस्या डाक्टरहरुले छुट्याउने टीबी, टाइफाइड, मेनिन्जाइटिस इन्सेप्mलाइटिसमा नै किन नहोस् सबै रोगमा जीउ रन्कने गरी हन्हनी ज्वरो आउँछ । यति सजिलै ज्वरो किन आउँछ भन्ने प्रश्नको उत्तर दिन सकिँदैन । उता भ्रम, अन्धविश्वास र गलत उपचारले ज्वरोबाट शुरु हुने सामान्य रोग बिग्रिने, छिप्पिने भई बडो खर्चिलो र अप्ठ्यारो उपचारको टन्टा बेसाउनु परेको हुन्छ । त्यसैले यहाँ ज्वरोको बारेमा जानकारी गराउन खोजिएको छ ।
मान्छे तातो रगत भएको प्राणी भएकोले बाहिरी वातावरणको तापक्रम जति भए पनि सञ्चो हुँदा मान्छेको तापक्रम एकनास (९८.४ डिग्री फरेनहाइट वा ३६.८ डिग्री सेन्टिग्रेड) हुन्छ । यसैले शरीरका तन्तुहरु र भित्री अङ्गहरुको तापक्रमलाई जनाउँछ ।
यो तापक्रम दिमागमा हुने हाइपोथ्यालामस (तापक्रम नियन्त्रक केन्द्र) र केन्द्रीय स्नायु प्रणालीले नियन्त्रित र सन्तुलित बनाएर राखेको हुन्छ । त्यसैले शरीरमा अन्तरदहन प्रक्रिया, पसिनाद्वारा नशा तन्काएर, कम्पन छुटेर, न्यानो लुगा लगाएर पनि तातो घटबढ हुन नदिई थामेको हुन्छ, जीउले तर यो तापक्रम कारणबश नथामिएर बढ्न गए ज्वरो आउँछ र घट्न गए चिस्यान लाग्छ । यसरी शरीरमा सधैं जसो भइरहने तापक्रमभन्दा बढी ताप बढेको अवस्था नै ज्वरो हो ।
ज्वरोको मात्रा र किसिम छुट्याउन थर्मामिटरले बिरामीको ज्वरो नापिरहनु पर्दछ । यसरी नाप्दा ९५ डिग्री फरेनहाइटभन्दा कम भएमा चिस्यान लागेको, ९८ डिग्री भएमा सामान्य, ९९ देखि १०३ सम्म भएमा ज्वरो, १०३ देखि १०५ सम्म उच्च र १०५ देखि माथिको ज्वरोलाई अति उच्च र खतराको ज्वरो मानिन्छ । रोग ठम्याउन सजिलोको लागि ज्वरोको प्रकृतिअनुसार यसको किसिम पनि छुट्याइएको छ । जस्तैः लगातार ज्वरो, दिनदिनै बढ्दै जाने ज्वरो, एक दिन बिराएर आउने ज्वरो, घरी शिताङ्ग हुने घरी रन्कने ज्वरो इत्यादि
ज्वरो आउने खास कारण सङ्क्रमण हो । शरीरमा जीवाणु (ब्याक्टोरिया), वीषाणु (भाइरस), फङ्गस इत्यादिको सङ्क्रमण भएमा, अर्बुद (क्यान्सर) भएमा, एलर्जी, कोलाजन रोगहरू, औषधि, स्लाइन, तापक्रम बढी भएर, विभिन्न रोगहरु जस्तैः स्वास मार्गको सङ्क्रमण, मुत्र प्रणालीको सङ्क्रमण, दादुरा, औलो, म्यादे ज्वरो (टाइफाइड), मेनिन्जाइटिस, इन्सेप्mलाइटिस, क्षयरोग आदि भएमा ज्वरो आउँछ ।
जीवाणुले शरीरमा विषाक्त पदार्थ निकालेमा त्यसले हाइपोथ्यालामसको केन्द्रलाई असर पार्छन् । फलस्वरुप ताप (ज्वरो) पैदा हुन्छ । केही हदसम्म ज्वरोले शरीरको रक्षा गरे पनि धेरै भएमा जीवाणुहरुलाई रासायनिक प्रक्रियाबाट लड्न उक्साउनुका साथै ती सूक्ष्म जीवाणुहरु बढ्न र पैmलिन पाउँछन् । ताप धेरै बढेमा यसले तन्तुलाई विखत पर्ने, शरीरलाई कमजोर पार्ने, रिङटा लाग्ने, टाउको दुख्ने, खाना नरुच्ने र बेहोससमेत बनाउँछ ।
मान्छेको ज्यूँदोपना थाहा पाउन तापक्रम, नाडी, स्वासप्रश्वास, रक्तचाप जाँच्नु अत्यावश्यक हुन्छ । हाम्रो शरीरमा खाद्य पदार्थ भित्रभित्रै पच्ने (अन्तरदहन) प्रक्रियाबाटै ताप उब्जेको हुन्छ । प्रायः जसो कार्बोहाइडेूट र प्रोटिनले ४ क्यालोरी र चिल्लोले ९ क्यालोरी शक्ति दिन्छ । त्यसबाहेक शरीरले वातावरण, ताप, तातो खानेकुरा र पेटबाट पनि ताप पाएको हुन्छ । यसरी पाएको ताप बढेर असामान्य अवस्थामा पुगेमा वयस्कहरुमा जाडो लाग्ने, बच्चाहरु बेहोस हुनेसम्म हुन्छ । कसैलाई कम्प छुट्ने, ज्वरो अति धेरै भएमा दिमाग (हाइपोथ्यालामस) ले थाम्न नसकी बिरामी बर्बराउनेसमेत हुन्छ, मृगौलाको सङ्क्रमण, निमोनिया, सेप्टीसेमिया, कलेजोको सेप्सीसमा बारम्बार जाडो लाग्ने हुन्छ तर एकैचोटी ज्वरो घटेर शीताङ्ग भएमा बिरामी बेहोस पार्न सक्छ ।
उपचारः
सामान्यतया गाउँघरमा ज्वरो आउँदा हावामा निस्कन नदिने, अँध्यारो र झ्यालढोका बन्द गरेको कोठामा गुम्स्याएर राख्ने चलन छ । गाउँमा कसैलाई ज्वरो आउने, आँखा लट्ठ पर्ने र कमजोर हुने भयो भने चिकित्सकलाई हेराउनुपर्छ । नेपालको ग्रामीण क्षेत्रमा अहिले पनि अन्धविश्वास छ । अशिक्षित ग्रामीण मानिसहरु यसलाई मसान लागेको भन्छन् अनि अक्षता उठाएर फालेपछि सञ्चो हुन्छ भन्ने ठान्छन् । बालबालिकालाई ज्वरो आउँदा गाउँघरमा बाँबरीको रस, रुदिलाको मुन्टा, टोप्रे झारको औषधि बनाएर उपचार गरिन्छ । त्यसरी पनि नभए धामी(झाँक्री लगाएर अनि बल्ल अस्पतालतिर लागिन्छ ।
गाउँघरको लोकमान्यता जस्तो भए पनि ज्वरोलाई सामान्य सम्झेर हेलचेत्र्mयाइँ गर्नु हुँदैन । ज्वरोले शरीरभित्र सङ्क्रमण भएको जनाउने हुँदा कुन उमेरको व्यक्तिलाई कस्तो किसिमको (लगातार उच्च, बढ्ने, घट्ने किसिमको इत्यादि) र शरीरको कुन अङ्ग वा प्रणालीमा आएको ज्वरो हो, हेक्का गर्नुपर्छ । सम्भव भए थर्मामिटरले कम्तीमा बिहान ६, दिउँसो १२, साँझ ६, राति १२ बजे नापेर रेकर्ड राख्नुपर्छ । कसैलाई १४ दिनभन्दा बढी ज्वरो आएमा अनुसन्धान गर्नुपर्ने हुन्छ ।
सामान्यतया ज्वरो ओराल्न यसो गरौंः
१. बिरामीलाई कपडा खुकुलो गरी आराम गराउने ।
२. धेरै लुगा ओढाएर गुम्स्याएर नराखी कोठाको भ्mयाल खोलेर पङ्खा वा कपडाले हम्केर चिसो हावा दिइराख्ने ।
३. सफा रुमाल वा कपडाको टुक्रा भिजाएर पानीपट्टी बनाई निधार, काखी, हातखुट्टाहरुमा राखिदिने तर चिसो पार्न बरफको प्रयोग भने गर्नु हुँदैन । यसले कम्प छुटाउँछ ।
४. ज्वरो आउँदा शरीरको तरल पदार्थ खेर जाने हुँदा बिरामीलाई प्रशस्त पानी, दूध, चिया, फलपूmलको रस इत्यादि पिउन दिनुपर्छ । बिरामीलाई शक्तिबद्र्धक तथा पोषिला खानेकुराहरुको झोल खान, पिउन दिइरहनुपर्छ ।
५. सामान्यतया नाकबाट पानी बग्ने हाच्छिउसँग आएको ज्वरो घटाउन लाक्षणिक उपचार (लक्षणअनुसारको औषधि) गर्न सकिन्छ । यसका लागि पारासिटामोल, बु्रफेन वा एस्प्रीन १÷२ चक्की दिनमा ३ पटकसम्म दिन सकिन्छ ।
६. ज्वरोको खास कारण जस्तैः श्वास मार्गको सङ्क्रमण, मुत्रमार्गको सङ्क्रमण, क्षयरोग इत्यादि पत्ता लागिसकेको भए ती रोगको विशेष उपचार गरेमा ज्वरो आपैंm निको भएर जान्छ तर ज्वरोको कारण पत्ता नलागी अन्धाधुन्ध एन्टिबायोटिक औषधि खानु हुँदैन । ज्वरोलाईसामान्य रोग सम्झिएर हेलचेत्र्mयाइँ ग¥यो भने रोगले घातक रुप लिन सक्ने हँुँदा समयमै माथिका कुरामा सजग रहनुपर्छ ।

प्रकाशित मिति: असार ६ २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend