Hamro Koshi Aawaj

शुक्रबार, असोज २ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

एशियामा खाद्य सङ्कट आउन सक्ने

हाम्रो कोशी आवाज
असार २३ २०७७, मंगलबार
एशियामा खाद्य सङ्कट आउन सक्ने

धरानः कोभिड–१९ का कारण दक्षिण एसियाका मानिसको जनजीवनमा खाद्यसंकट आउने दाबी गरिएको छ ।
एक अन्तर्राष्ट्रिय अनुसन्धान संस्थाले गरेको अध्ययनमा दक्षिण एसियाका १ अर्ब ७० करोड मानिसमा खाद्यान्न, स्वास्थ्य तथा पोषणको समस्या हुने उल्लेख छ ।
इन्टरनेसनल फुड पोलिसी ग्लोबल रिसर्च इन्स्टिच्युट (आईएपीआरआई) ले सोमबार सार्वजनिक गरेको प्रतिवेदमा उक्त क्षेत्र खाद्यान्न र पोषणका हिसाबले असुरक्षित रहेको जनाइएको छ ।
आईएपीआरआई दक्षिण एसियालगायत विभिन्न संस्थाले सोमबर गरेको भर्चुअल कार्यक्रममा जानकारहरुले कोभिड–१९ का कारण दक्षिण एसियाली खाद्यान्न प्रणालीमा परेको प्रभावबारे चर्चा गरेका हुन् । दक्षिण एसिया क्षेत्रको खाद्यान्न प्रणाली हेरफेर गरी समावेशी, दिगो र लचिलो बनाउनुपर्ने उनीहरुको भनाइ छ ।

प्रकाशित मिति: असार २३ २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend