Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सातै प्रदेशमा हल्कादेखि भारी वर्षा

हाम्रो कोशी आवाज
असार २६ २०७७, शुक्रबार
सातै प्रदेशमा हल्कादेखि भारी वर्षा

धरानः शुक्रबार दिउँसो तथा राति देशभर सामान्यदेखि ठूलोसम्म वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार अहिले पनि देशका विभिन्न स्थानमा हल्कादेखि भारीसम्म वर्षा भइरहेको छ । काठमाडौं उपत्यकामा पनि बिहानैदेखि झरी परिरहेको छ ।
महाशाखाले शुक्रबार बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनुसार दिउँसो सातै प्रदेशका धेरैजसो स्थानमा मेघगर्जनरचट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ भने थोरै स्थानमा भारी वर्षाको सम्भावना छ । यस्तै राति पनि सातै प्रदेशका धेरैजसो स्थानमा वर्षा जारी रहेनछ भने प्रदेश १, २, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा र प्रदेश ५, सुदुरपश्चिम र कर्णाली प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
ती प्रदेशका नदीहरुमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढलरपानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।
मनसुनको न्यून चापीय रेखा नेपालनजिकै रहेकाले आगामी तीन दिन देशभर वर्षा व्यापक हुने अनुमान गरिएको छ । ‘अहिले मनसुन अलि सक्रिय भएको छ,’ मौसमविद् विभूति पोखरेलले भनिन, ‘त्यस्तो अत्यधिक वा आत्तिने किसिमकै वर्षाचाहिँ होइन, तर आगामी तीन दिन वर्षा अलि बढी हुने देखिन्छ।’’

प्रकाशित मिति: असार २६ २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend