Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

संक्रमित १६, ६४९

हाम्रो कोशी आवाज
असार २६ २०७७, शुक्रबार
संक्रमित १६, ६४९

धरानः नेपालमा पछिल्लो २४ घण्टामा थप ११८ जनामा कोरोना पुष्टि भएको छ ।
शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा थप ११८ जनामा कोरोना पुष्टि भएको बताए ।
योसँगै नेपालमा कोरोनाा संक्रमितको संख्या १६ हजार ६४९ पुगेको छ । पछिल्लो २४ घण्टामा १२० जना डिस्चार्ज भएका छन् ।
६ वटा जिल्ला कोरोनामुक्त
नेपालमा ६ वटा जिल्ला कोरोनाभाइरस संक्रमितमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार धनकुटा, भोजपुर, सोलुखुम्बु, मनाङ मुस्ताङ र हुम्ला हुन् ।
कुन जिल्लाका कति ?
इलामका १, पाँचथरका २ जनामा कोरोना पुष्टि भएको छ ।
सिरहाका १, धनुषाका ४, महोत्तरीका ३, सर्लाहीका ६ र सिरहाका १, रसुवा, डोटी र सर्लाहीका १–१ जनामा कोरोना भेटिएको छ । यस्तै, काठमाडौंका १, चितवनमा १ जना, बाँके, महोत्तरी, रोमछाप, सिन्धुली र सिन्धुपाल्चोकका १–१, काठमाडौंका १५, ललितपुरका १३, रौतहटका र काभ्रेपलाञ्चोकका २–२ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
यस्तै, काठमाडौंका १२, सर्लाही, इलाम, रुपन्देही, मकवानपुर, धादिङ र कैलालीका १–१, पाल्पाका २ जनामा कोरोना पाइएको छ । यस्तै, बागलुङका २ र तनहुँका ८, गोरखाका १ र नवलपरासीका २, गुल्मीका ६ र पाल्पाका २ जनामा कोरोना भेटिएको छ ।
सुर्खेतका ७, बाजुराका १ र दैलेखका २, डोल्पा र सल्यानका १ र सुर्खेतका ४ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले कोरोनाको आशंकामा गत २४ घण्टामा ४ हजार ८ सय ६ जनाको पिसिआर परीक्षण गरेको छ । मुलुकभर हाल ८ हजार ६ सय ३ जना अस्पतालको आइसोलेसनमा र २३ हजार ९ सय १० जना क्वारेन्टाइनमा रहेका छन् ।

प्रकाशित मिति: असार २६ २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend