Hamro Koshi Aawaj

सोमबार, कार्तिक २३ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

व्यापारीको ८ करोड ठगेको आरोपमा दमकका युवा पक्राउ

हाम्रो कोशी आवाज
साउन २ २०७७, शुक्रबार
व्यापारीको ८ करोड ठगेको आरोपमा दमकका युवा पक्राउ

काठमाडौंः व्यापारीहरुसँग करोडौं रुपैयाँ ठगी गर्ने एकजनालाई पक्राउ गरेको छ ।
काठमाडौंस्थित महानगरीय अपराध महाशाखाको टोलीले विभिन्न जिल्लाका व्यक्तिहरूले दिएको उजुरीका आधारमा उनलाई पक्राउ गरेको हो । झापाको दमक नगरपालिका घर भएका चन्दन जिन्दललाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
जिन्दलले झापा, बारा, पर्सा र सर्लाहीका २२ जना व्यपारीबाट झण्डै ८ करोड रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ ।
जिन्दाले झापामा हार्डवेयर र घरजग्गाका कारोबार गर्ने बहानामा तीन जनासँग डेढ करोड रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ । त्यस्तै, अन्य जिल्लाबाट खाद्यान्न उधारो ल्याइ राजधानीमा सस्तो मूल्यमा बिक्री गरेर रकम लिएर सम्पर्कबिहीन भएको प्रहरीको दावी छ ।

प्रकाशित मिति: साउन २ २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend