Hamro Koshi Aawaj

सोमबार, कार्तिक २३ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

नेपालमा संक्रमित १७,६५८

हाम्रो कोशी आवाज
साउन ४ २०७७, आइतबार
नेपालमा संक्रमित १७,६५८

धरानः नेपालमा पछिल्ले २४ घण्टामा थप १५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले देशभरका परीक्षण केन्द्रमा गरिएको परीक्षणमा थप १५६ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको बताए ।
योसँगै नेपालमा कोरोना संक्रमितको जम्मा संख्या १७ हजार ६५८ पुगेको छ । प्रवक्ता गौतमका अनुसार आज ३ हजार ७४१ जनाको पीसीआर परीक्षण गरिएको थियो ।
त्यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप ५८ जनामा कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्केका छन् । अहिलेसम्म ११ हजार ६९५ जना संक्रमित निको भएको प्रवक्ता गौतमले बताए ।
त्यसैगरी शून्य संक्रमित रहेका ८ जिल्लामा भोजपुर, पाँचथर, रसुवा, धनकुटा, मनाङ, मुस्ताङ, हुम्ला र जुम्ला रहेका छन् ।
मन्त्रालयका अनुसार आइतबार थपिएका संक्रमितमा सुनसरीका १, सप्तरीका ३२, सिराहाका १, पर्साका ७, बाराका १, सर्लाहीका २५, काठमाडौंका १, ललितपुरका २, मोरङका १, रौतहटका २ जना रहेका छन् ।
यस्तै मकवानपुरका १, कास्कीका ६, लमजुङका ६,बागलुङका १, म्याग्दीका ६, स्याङजाका २, पर्वतका १, रुपन्देहीका २, प्युठानका १, बाँकेका ५, वर्दियाका १०, दाङका ५, नवलपरासीका १०, सल्यानका १, डढेलधुराका २ र कैलालीका २४ जनामा संक्रमण पुष्टि भएको हो ।

प्रकाशित मिति: साउन ४ २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend