धरानः एकजनामा कोरोनाको आशंका भएपछि उत्तर कोरियास्थित केसङ सहरमा लकडाउन गरिएको छ ।
उत्तर कोरियाले दक्षिण कोरियासँग सीमा जोडिएको सो शहरमा कोरोनाको लक्षण भएका एकजना व्यक्ति फेला परेपछि लकडाउन लागु गरेको हो । ती व्यक्तिसँगै कोरोना भाइरस देशभित्र प्रवेश गरिसकेको हुनसक्ने आशंकामा लकडाउन लागु गरिएको त्यहाँको सरकारी सञ्चारमाध्यमले जनाएको छ ।
उत्तर कोरियाले अहिलेसम्म आफ्नो मुलुकमा कोरोना संक्रमित नरहेको दाबी गर्दै आएको छ ।