Hamro Koshi Aawaj

सोमबार, कार्तिक २३ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

नेपालमा कोरोनाः ५ हजार बढी जाँच्दा ३११ जनामा देखियो

हाम्रो कोशी आवाज
साउन १३ २०७७, मंगलबार
नेपालमा कोरोनाः ५ हजार बढी जाँच्दा ३११ जनामा देखियो

धरानः पछिल्लो २४ घण्टामा नेपालमा थप ३११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १९ हजार ६३ पुगेको छ ।
मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले थप ३११ जनामा कोरोना पुष्टि भएको बताए ।
प्रवक्ता गौतमका अनुसार अहिले नेपालमा सक्रिय संक्रमितको संख्या ५ हजार १२९ रहेको छ । प्रवक्ता गौतमले पछिल्लो २४ घण्टामा थप १२१ जना संक्रमण मुक्त भएको बताए । योसँगै कोरोनालाई जितेर घर फर्कनेको संख्या १३ हजार ८७५ पुगेको छ । उनको अनुसार नेपालमा कोरोना निको हुनेको प्रतिशत ७२.८ रहेको छ । नेपालमा हालसम्म ४८ जना संक्रमितको मृत्यु भएको छ।

प्रकाशित मिति: साउन १३ २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend