काठमाडौंः नेपालमा पछिल्लो २४ घण्टामा थप २५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
मगलबार स्वास्थ्य तथा जनसंख्या मनत्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले थप २५९ जनामा कोरोना पुष्टि भएको बताए ।
योसँगै नेपालमा कोरोनाका संक्रमितको संख्या २१ हजार ९ पुगेको छ भने सक्रिय संक्रमितको संख्या ५ हजार ९२५ पुगेको छ । ७ हजार ६८७ जनाको पीसीआर परीक्षण गरिएको थियो । प्रवक्ता गौतमका अनुसार अहिलेसम्म ४ लाख ६ हजार ५९४ पीसीआर परीक्षण गरिएको छ ।
त्यस्तै, अहिलेसम्म नेपालमा १५ हजार २६ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्केका छन् । पछिल्लो २४ घण्टामा ६५ जना संक्रमित निको भएका छन् । पछिल्लो २४ घण्टामा एक जना संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ५८ पुगेको छ ।