Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा कोरोनादेखि तर्सिने होइन, सतर्क बन्दै भगाउनुपर्छ

हाम्रो कोशी आवाज
साउन २२ २०७७, बिहिबार
धरानमा कोरोनादेखि तर्सिने होइन, सतर्क बन्दै भगाउनुपर्छ

धरानः लगभग चार महिनाको लकडाउन खेपेपछि धरान बजार खुल्न थालिसकेको थियो । सार्वजनिक सवारी पनि चल्न थालिसकेका थिए । भनौं, विस्तारै धरान लयमा फर्किदै थियो । धरानका सर्वसाधारण, व्यापार व्यवसाय गर्ने व्यापारीदेखि उद्योगीले समेत व्यापार–व्यवसाय उकासिन्छ भन्ने आशा पलाएको बताएका थिए । सर्वसाधारण पनि कोरोनासँग जुध्दै अघि बढिरहेको सत्य नै हो तर पनि अलि बढी लापरवाही भने भने पक्कै भएकै हो । कोरोनासँग जुध्ने नियम पालना नहुँदा नै धरानमा कोरोना संक्रमित बढेका हुन३ । मास्क नलगाइदिने, सेनिटाइजर पञ्योग नगर्ने, समय समयमा हात नधुने, भीडभाडमा जम्मा भइरहने आदि इत्यादि नियम हामीले मिचिरहेका थियौं र छौं ।
हुन त संघीय सरकारले पनि स्कुललगायत अन्य केही नखुल्ने जनाउ दिँदै ‘लकडाउन अन्त्य भएको घोषणा’ गरेपनि अहिले ठाउँठाउँमा लकडाउन र निषेधाज्ञा जारी भइरहेको छ । सरकारले यसअघि नै लकडाउन अन्त्य भएको घोषणा गरेपनि अहिले पनि सहज छैन । अहिले पनि धरानलगायत देशभर कोरोना संक्रमित दिनदिनै थपिएका छन् । अहिले पनि दिनमा दुई सयभन्दा बढीका दरले कोरोना संक्रमित थपिएका छन् । नेपालमै पनि ६० जनाभन्दा बढीको मृत्यु नै भइसकेको छ । अहिले पनि यातायात क्षेत्रमा हेर्ने हो भने यात्रुले मास्क लगाएपनि कतिपय बसका कर्मचारीले मास्क लगाएका छैनन् । मास्क, सेनिटाइजर लगाउनुपर्नेमा त्यो कार्यान्वयन हुन सकेकको छैन । सबैभन्दा बढी कोरोना सार्न सक्ने भनेकै सार्वजनिक बस हो । बजार क्षेत्रमा भीडभाड जारी नै छ । त्यस्तै, अहिले बजार खुलिहाल्यो भन्दै बिनामास्क, बिना सेनिटाइजर दौडिने पनि कम छैनन् । अब लकडाउन खुकुलो भइहाल्यो, बजार पनि खुलिहाल्यो भनेर पहिलाकै अवस्थामा फर्किँदै लखरलखर दौडिनेको कमी थिएन र छैन पनि ।
लकडाउन गर्दा जनता बेरोजगारी बनेका छन्, खान नपाएर भोकभोकै बस्नुपरेको छ, भनौं जनतालाई पीरमर्का परेकै हो । सरकारलाई पीरमर्का परेको छैन भन्ने होइन । हामी सबै अप्ठ३यारो, गाहञे साहञेमा छौं । त्यसैले सतर्क रहौं । यसबेला सबैले मनन गर्दै कोरोना भगाउन भूमिका खेल्नु आजको आवश्यकता हो । यसका लागि सबैले मनन गर्नु आजको आवश्यकता हो । अन्य देशमा हेर्ने हो भने लकडाउन खुलिसकेपछि पनि फेरि लकडाउन गर्ने अवस्था आएकै हो ।
सडकमा गुड्ने सार्वजनिक सवारी साधन, बजार र फुटपाथमा हिँड्ने बटुवाको भीड हेर्दा कोराना भाइरसले नेपालमा पनि मान्छेको ज्यान लिएको र त्यसको जोखिम हाम्रो वरिपरि घुमिरहेको छ भन्ने कुरो हामीले बिर्सिएको भान हुन्छ । विश्व हल्लाएको कोरोनाले हामीलाई पनि उत्तिकै तर्साएको र आतङ३कित बनाएको कुरा अहिले नै भुल्नु भनेको जोखिमसँग नजिकिनु शिवाय केही हुँदैन । लामो लकडाउनले उकुसमुकुसको अनुभूति गरेका आममान्छे लकडाउन खुकुलो भएसँगै सडकमा निर्वाध हिँडडुल र सार्वजनिक सवारी साधनमा कोचिएर हिँड्न थालेपछि लकडाउन गर्नैपर्ने समस्या बल्झिएको हो ।
संक्रमणबाट बच्ने उपायका बारेमा सचेत भई भीडभाडमा नजाने, साबुन पानीले हातधुने र मास्क लगाउनेजस्ता कुरामा पनि मान्छे विस्तारै पछि हटेको वा यी सबै अरू कसैका लागि गरिदिनुपरेको जस्तो सोच्न थाल्यौं । भनौं लकडाउन समेत अरूका लागि ठान्नसमेत पछि परेनौं । त्यसको परिणाम हामीले अहिले भोगेको हो । लकडाउन सकिएपनि कोरोना भाइरस सकिएको छैन भन्ने कुरामा आममानिसले हेक्का राख्नैपर्छ । हामीले गर्ने लापरवाहीको परिणाम आफू र आफूनजिक भएकाले भोग्ने हो अरू कसैले भोग्दैनन् । संक्रमणको जोखिम हिजो पनि थियो, आज पनि छ र भोलि पनि हुनसक्ने भन्दै विज्ञहरूले सचेत गराइरहेका छन् । त्यसैले हामीले पहिलेभन्दा बढी सावधानी अपनाउन आवश्यक छ । हिजोभन्दा अझै सचेत बनौं, कोरोना हामी वरिपरि घुमिरहेको छ । अब कोरानादेखि तर्सिने हुँदै होइन, सतर्कचाहिँ रहने हो । भनौं, सरकारले पनि त्यसै लकडाउन गरेको होइन भन्ने कुरा बुझेमात्रै पनि कोरोनालाई भगाउन सकिन्छ । फेरि पनि धरान लगायत नेपालमा लकडाउन गर्न नपरोस् भनेर कामना गरौं, सबै, सधैं सचेत बनौं, कोरोना सहजै भगाऔं ।

प्रकाशित मिति: साउन २२ २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend