धरानः लगभग चार महिनाको लकडाउन खेपेपछि धरान बजार खुल्न थालिसकेको थियो । सार्वजनिक सवारी पनि चल्न थालिसकेका थिए । भनौं, विस्तारै धरान लयमा फर्किदै थियो । धरानका सर्वसाधारण, व्यापार व्यवसाय गर्ने व्यापारीदेखि उद्योगीले समेत व्यापार–व्यवसाय उकासिन्छ भन्ने आशा पलाएको बताएका थिए । सर्वसाधारण पनि कोरोनासँग जुध्दै अघि बढिरहेको सत्य नै हो तर पनि अलि बढी लापरवाही भने भने पक्कै भएकै हो । कोरोनासँग जुध्ने नियम पालना नहुँदा नै धरानमा कोरोना संक्रमित बढेका हुन३ । मास्क नलगाइदिने, सेनिटाइजर पञ्योग नगर्ने, समय समयमा हात नधुने, भीडभाडमा जम्मा भइरहने आदि इत्यादि नियम हामीले मिचिरहेका थियौं र छौं ।
हुन त संघीय सरकारले पनि स्कुललगायत अन्य केही नखुल्ने जनाउ दिँदै ‘लकडाउन अन्त्य भएको घोषणा’ गरेपनि अहिले ठाउँठाउँमा लकडाउन र निषेधाज्ञा जारी भइरहेको छ । सरकारले यसअघि नै लकडाउन अन्त्य भएको घोषणा गरेपनि अहिले पनि सहज छैन । अहिले पनि धरानलगायत देशभर कोरोना संक्रमित दिनदिनै थपिएका छन् । अहिले पनि दिनमा दुई सयभन्दा बढीका दरले कोरोना संक्रमित थपिएका छन् । नेपालमै पनि ६० जनाभन्दा बढीको मृत्यु नै भइसकेको छ । अहिले पनि यातायात क्षेत्रमा हेर्ने हो भने यात्रुले मास्क लगाएपनि कतिपय बसका कर्मचारीले मास्क लगाएका छैनन् । मास्क, सेनिटाइजर लगाउनुपर्नेमा त्यो कार्यान्वयन हुन सकेकको छैन । सबैभन्दा बढी कोरोना सार्न सक्ने भनेकै सार्वजनिक बस हो । बजार क्षेत्रमा भीडभाड जारी नै छ । त्यस्तै, अहिले बजार खुलिहाल्यो भन्दै बिनामास्क, बिना सेनिटाइजर दौडिने पनि कम छैनन् । अब लकडाउन खुकुलो भइहाल्यो, बजार पनि खुलिहाल्यो भनेर पहिलाकै अवस्थामा फर्किँदै लखरलखर दौडिनेको कमी थिएन र छैन पनि ।
लकडाउन गर्दा जनता बेरोजगारी बनेका छन्, खान नपाएर भोकभोकै बस्नुपरेको छ, भनौं जनतालाई पीरमर्का परेकै हो । सरकारलाई पीरमर्का परेको छैन भन्ने होइन । हामी सबै अप्ठ३यारो, गाहञे साहञेमा छौं । त्यसैले सतर्क रहौं । यसबेला सबैले मनन गर्दै कोरोना भगाउन भूमिका खेल्नु आजको आवश्यकता हो । यसका लागि सबैले मनन गर्नु आजको आवश्यकता हो । अन्य देशमा हेर्ने हो भने लकडाउन खुलिसकेपछि पनि फेरि लकडाउन गर्ने अवस्था आएकै हो ।
सडकमा गुड्ने सार्वजनिक सवारी साधन, बजार र फुटपाथमा हिँड्ने बटुवाको भीड हेर्दा कोराना भाइरसले नेपालमा पनि मान्छेको ज्यान लिएको र त्यसको जोखिम हाम्रो वरिपरि घुमिरहेको छ भन्ने कुरो हामीले बिर्सिएको भान हुन्छ । विश्व हल्लाएको कोरोनाले हामीलाई पनि उत्तिकै तर्साएको र आतङ३कित बनाएको कुरा अहिले नै भुल्नु भनेको जोखिमसँग नजिकिनु शिवाय केही हुँदैन । लामो लकडाउनले उकुसमुकुसको अनुभूति गरेका आममान्छे लकडाउन खुकुलो भएसँगै सडकमा निर्वाध हिँडडुल र सार्वजनिक सवारी साधनमा कोचिएर हिँड्न थालेपछि लकडाउन गर्नैपर्ने समस्या बल्झिएको हो ।
संक्रमणबाट बच्ने उपायका बारेमा सचेत भई भीडभाडमा नजाने, साबुन पानीले हातधुने र मास्क लगाउनेजस्ता कुरामा पनि मान्छे विस्तारै पछि हटेको वा यी सबै अरू कसैका लागि गरिदिनुपरेको जस्तो सोच्न थाल्यौं । भनौं लकडाउन समेत अरूका लागि ठान्नसमेत पछि परेनौं । त्यसको परिणाम हामीले अहिले भोगेको हो । लकडाउन सकिएपनि कोरोना भाइरस सकिएको छैन भन्ने कुरामा आममानिसले हेक्का राख्नैपर्छ । हामीले गर्ने लापरवाहीको परिणाम आफू र आफूनजिक भएकाले भोग्ने हो अरू कसैले भोग्दैनन् । संक्रमणको जोखिम हिजो पनि थियो, आज पनि छ र भोलि पनि हुनसक्ने भन्दै विज्ञहरूले सचेत गराइरहेका छन् । त्यसैले हामीले पहिलेभन्दा बढी सावधानी अपनाउन आवश्यक छ । हिजोभन्दा अझै सचेत बनौं, कोरोना हामी वरिपरि घुमिरहेको छ । अब कोरानादेखि तर्सिने हुँदै होइन, सतर्कचाहिँ रहने हो । भनौं, सरकारले पनि त्यसै लकडाउन गरेको होइन भन्ने कुरा बुझेमात्रै पनि कोरोनालाई भगाउन सकिन्छ । फेरि पनि धरान लगायत नेपालमा लकडाउन गर्न नपरोस् भनेर कामना गरौं, सबै, सधैं सचेत बनौं, कोरोना सहजै भगाऔं ।