धरानः प्रत्येक नेपालीको टाउकोपिच्छे ४७ हजार २ सय ३ रुपैयाँ ऋणभार पर्ने गरेको जनाइएको छ ।
नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको तथ्यांकले राष्ट्र ऋण ३५.४५ प्रतिशतले बढेको देखाएको हो । नेपालको राष्ट्र ऋण बढेर १४ खर्ब १९ अर्ब पुगेको छ । गत आवमा कुल गार्हस्थ्य उत्पादनमा ऋणको हिस्सा बढेर ३७.७ प्रतिशत पुगेको छ । अघिल्लो आवमा यस्तो हिस्सा ३०.१ प्रतिशत थियो । असार मसान्तसम्म सरकारले तिर्न बाँकी कुल सार्वजनिक ऋणका आधारमा प्रति नेपालीको टाउकोमा ४६ हजार रुपैयाँ ऋण पर्दछ । असार मसान्तमा नेपालको जनसंख्या ३ करोड छ जसले १४ खर्बलाई भाग गर्दा ४६ हजार ६ सय रुपैयाँ पर्दछ ।
गत आवमा सरकारले लिएको ऋणमध्ये ८ खर्ब ५ अर्ब ८३ करोड बाह्य ऋण हो भने ६ खर्ब १३ अर्ब आन्तरिक ऋण हो । सरकारले लिएको आन्तरिक र वाह्य ऋणलाई नेपालको कुल जनसंख्याले भाग गर्दा नेपालीको टाउको ४७ हजारभन्दा बढी ऋणको भार परेको हो । आज भदौ ८ गते केन्द्रीय तथ्यांक विभागअनुसार नेपालको जनसंख्या ३ करोड ६१ हजार ९ सय ९५ जना रहेको छ । नेपालको कुल जनसंख्याले कुल ऋणभारलाई भाग गरेर प्रत्येक नेपालीको ऋणभार निकालिएको हो ।
सरकारले गत आवमा १ खर्ब ९४ अर्ब ६४ करोड आन्तरिक ऋण परिचालन गरेको छ भने ३४ अर्ब ४० करोड साँवा भुक्तानी गरेको छ ।नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको तथ्यांकले राष्ट्र ऋण ३५.४५ प्रतिशतले बढेको देखाएको हो । नेपालको राष्ट्र ऋण बढेर १४ खर्ब १९ अर्ब पुगेको छ । अघिल्लो आवसम्म यस्तो ऋण १० खर्ब ४७ अर्बमात्रै थियो । उक्त ऋण अघिल्लो आवको भन्दा ३ खर्ब ७१ अर्बले बढी हो । गत आवमा कुल गार्हस्थ्य उत्पादनमा ऋणको हिस्सा बढेर ३७.७ प्रतिशत पुगेको छ । अघिल्लो आवमा यस्तो हिस्सा ३०.१ प्रतिशत थियो ।
सरकारले गत आवमा १ खर्ब ९४ अर्ब ६४ करोड आन्तरिक ऋण परिचालन गरेको छ भने ३४ अर्ब ४० करोड साँवा भुक्तानी गरेको छ । प्रतिव्यक्ति ऋणभार फागुन मसान्तको भन्दा ७ हजारले बढेको हो । अर्थमन्त्रीले बजेट अधिवेशनमा संसदमा प्रस्तुत गरेको आर्थिक सर्वेक्षणमा प्रतिव्यक्ति ऋण ३९ हजार थियो ।